काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ४५ पेज लामो प्रतिवेदनमाथि फरक मत राख्ने नेताहरु बढिरहेका छन् ।
नेता राम कार्की, हरिबोल गजुरेल र लेखनाथ न्यौपानेले फरक मत लिखित रुपमा नै प्रस्तुत गरेका छन् । पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले ८ बुँदे लिखित फरक मत प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डको प्रतिवेदन दक्षिणपन्थी संशोधनवादी भएको आरोप लगाएका छन् ।
उनले महाधिवेशनको अर्थ, मुल्य र गुरुत्व जनु हुन्छ त्यो अनुसार विषय र नीतिको कोणबाट प्रचण्डको प्रतिवेदन प्रतिवेदनको समग्र तहमा संगठित नभएको, विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको र यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन भन्दै यो प्रतिवेदनले वाम बाटो नसमातेको र दक्षिणपन्थी संशोधनवादी दिशा सोझिएको बताएका छन् ।
न्यौपानले समूहगत छलफलका क्रममा आफ्नोतर्फबाट ८ बुँदामा केन्द्रित रहेर फरक मत राखेका हुन् । प्रचण्डको दस्तावेजमा आधारभूत विषयहरू अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै न्यौपानेले फरक मत राखेका हुन् ।




























