गाइघाट, उदयपुर । “रास्टघाती एमसीसी परियोजना खारेज गरौं, रास्ट्रिय स्वाधीनताको रक्षा गरौं” भन्ने मुल नाराका साथ उदयपुरका ६ कम्युनिस्ट घटकहरुले सदरमुकाम गाइघाटमा संयुक्त बिरोध सभा भब्यरुपमा सम्पन्न गरेका छन् ।
बिरोध सभा हुनु अगाडि ६ घटकका स्थानीय नेता तथा कार्यकर्ताहरुले एमसीसीका विरुद्धमा गगनभेदी नारा लागाउँदै गाइघाट बजार परिक्रमा गरेका थिए ।
आज गरिएको उक्त बिरोध सभामा अमेरिकी साम्राज्यवादले एमसीसी नामको परियोजना मार्फत सहयोगको नाममा नेपालको जलविद्युत उर्जा, खनिज लगायत अन्य प्रकृति सम्पदालाई कब्जा गर्ने उद्देश्यले ल्याइएको परियोजना हो भन्दै नेपालको संविधानलाई पुर्णरुपले अमेरिकाले नियन्त्रणमा लिई कुरु क्षेत्र बनाउन खोजिएकोले यो परियोजना खारेज हुनुपर्ने बक्ताहरुले बताए ।
त्यसैगरि नेपालको भुमिमा एकाधिकार जमाई चिनलाइ घेर्ने र नेपाललाई अफगानिस्तान बनाउन खोजिएको अवस्थामा सबै नेपाली असुरक्षित हुने भएकोले दलाल संसदबादीहरु अमेरिकी लहै लहैमा लागेर संसदबाट पास गराउन खोज्ने दुस्प्रयास गरिएकोले यसको कडा रुपमा प्रतिरोध गर्न बक्ताहरुले अपिल गरेका थिए ।
उक्त सभामा नेकपा क्रान्तिकारी माओवादीका के.स.तथा जिल्ला इन्चार्ज मोहन सिंह तामाङ, नेकपा (बिप्लब) का इन्चार्ज लक्ष्मण पौडेल, बैज्ञानिक समाजबादी पार्टिका के.स.गोकुल राई र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक लिल ब.बि.क.लगायतका बक्ताहरुले बोलेका थिए ।