बाँकेको कोहलपुरमा एमसीसी.विरुद्ध कार्यक्रम सम्पन्न

बाँकेको कोहलपुरमा एमसीसी.विरुद्ध कार्यक्रम सम्पन्न

पुस ६ कोहलपुर बाँके
बाँकेको कोहलपुर बजारमा एमसीसी विरुद्ध संयुुक्त मोर्चाले कार्यक्रम सम्पन्न ग¥यो । कोहलपुरको न्युरोडबाट सुरु भएको जुलस पीपल चौतरामा पुगेर कोण सभामा परिणत भएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन देशभक्त जनगणतान्त्रीक मोर्चाका बाँके जिल्ला अध्यक्ष लक्ष्मी चौलागाईले गर्नु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका कोहलपुर नगर ईन्चार्ज कृष्ण शाहीले एमसीसीको नाममा साम्राज्यवादीहरुले गर्दैगरेको हस्ताक्षेपका बिरुद्ध नेपाली जनता सम्पुर्ण अस्त्र लिएर बाघ भई गर्जन जरुरि छ भन्ने कुरा उल्लेख गर्नु भयो ।


त्यसै क्रममा नेकपा(क्रान्तिकारी माओवादी) का बाँके जिल्ला ईन्चार्ज तेजविक्रम शाहीले एमसीसी नेपालको विकासका लागि दिएको अनुदान नभई यो चिनका विरुद्ध गतिविधि गर्ने अमेरिकी शैन्य रणनीतिक योजना हो । जसले नेपालको राष्ट्रिय स्वाधीनतालाई समाप्त गरि यहाँ आफ्नो रणमैदान बनाउने तयारी गरिरहेको कुरा प्रकाश पार्नु भयो ।
राष्ट्रिय जनमोर्चाका कृष्ण राज पाण्डेले एमसीसी अमेरिकी सहयोग हो भन्ने भ्रामक कुराबाट प्रभावित नहुन सचेत गराउदै यो नेपाललाई समाप्त पार्नका लागि हालिएको हरियो घाँस हो भन्नु भयो । यसको खारेजीको लागि सबै देशभक्त शक्ति संयुक्त मोर्चामा एकजुट हुदै आन्दोलनको आँदिवेहरी सृजना गर्नुपर्छ भन्दै कार्यक्रम समापन गरिएको थियो ।