काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (मसाल), नेकपा (माले), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल र राष्ट्रिय जनमाेर्चाकाे संयुक्त आयाेजनामा आज (मंगलबार, ६ गते) राष्ट्रघाती एमसीसी सम्झाैता खारेजीकाे माग गर्दै देशैभर विराेध प्रदर्शन भएकाे छ ।
काठमाडौंकाे माइतीघर मण्डलाबाट निस्किएकाे विराेध र्याली नयाँ बानेश्वरस्थित संसद भवन अगाडि पुगेर विराेध सभामा परिणत भएकाे छ । विराेध र्यालीलाई आयाेजक पार्टी तथा माेर्चाका नेताहरुले सम्बाेभन गरेका छन् ।
सातवटै प्रदेश र जिल्लाका मुख्य सहरहरुमा पनि विराेध प्रदर्शन भइरहेकाे छ ।
शेरबहादुर देउवा नेतृत्वकाे सरकारले एमसीसी सम्झाैता संसदमा टेबल गर्ने प्रक्रियालाई तीव्रता दिएपछि देशैभर विराेध प्रदर्शन भइरहेकाे छ ।
आठ दलकाे विराेध प्रदर्शनलाई लक्षित गरि ठुलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।
यसअघि २८ मंसिरमा गरिएकाे संसद घेराउकाे क्रममा देउवा सरकारले आठ दलकाे कार्यक्रममाथि व्यापक रुपमा दमन र गिरफ्तारी गरेकाे थियाे । त्यसक्रममा २६ जना नेता कार्यकर्ता गम्भिर घाइते भएका थिए भने  ७५ जना नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर