राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध काठमाडौंमा क्रान्तिकारी माओवादीको विरोधसभा सम्पन्न (फोटोफिचर)

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध काठमाडौंमा क्रान्तिकारी माओवादीको विरोधसभा सम्पन्न (फोटोफिचर)


काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले रत्नपार्क शान्तिबाटिकामा विरोधसभा सम्पन्न गरेको छ ।


सैयौंको सहभागितामा गरिएको विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल गौरव, पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश ३ का इन्चार्ज दिनेश शर्मा सागर, पार्टीका पीवीएम तथा प्रदेश ३ का सेक्रेटरी सुरेश श्रेष्ठलगायतका नेताहरुले एमसीसी कुनै पनि हालतमा पास हुन नदिने चेतावनी दिनुभएको थियो ।


एमसीसी पास भए देशको स्वाधीनता गुम्ने स्थिति आउने बताउनु भएको थियो । देशको स्वाधीनता जोगाउन क्रान्तिकारी माओवादी जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको स्पष्ट पार्नुभएको थियो ।


विरोधसभामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका नेता कुमार घतानी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका काठमाडौं सचिव ढोगप्रसाद अधिकारी लगायतका नेताहरुले पनि विरोध मन्तव्य राख्नुभएको थियो ।


पार्टीकी जिल्ला इन्चार्ज शारदा महतको अध्यक्षतामा भएको विरोधसभाको सञ्चालन जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालले गर्नुभएको थियो ।


‘सम्पूर्ण देशभक्त तथा जनगणतान्त्रिक शक्तिहरु एक होऔं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको विरोधसभामा अमेरिकी साम्राज्यवाद मूर्दावाद, दलालहरु होसियार, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर लगायतका नाराहरु लगाइएको थियो ।