लक्ष्मी घिमिरे
बुटवल – नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी ) ले संगठन निर्माणको अभियानलाई तीव्र गतिका साथ अगाडि बढाएको छ । प्रदेशका बिभिन्न जिल्लाका शैक्षिक केन्द्रहरुमा अभियान संचालन गरिएपछि बिद्यार्थीहरु संगठित हुने क्रम बढदै गएको छ । रुपन्देही कपिलबस्तु बाँके र दाङमा संगठनका गतिबिधि तीब्र भएपछि आन्दोलनमा नयाँ पुस्ता जोडिने क्रम बढदै गएको छ । संगठन विस्तार संगै पार्टीले आयोजना गरेको एमसीसी बिरुद्धका आन्दोलनमा युवा बिद्यार्थीको सहभागिता निकै बढ्दै गएको देखिन्छ ।

यसैगरी शुक्रबार कपिलवस्तु जिल्लाको वाणगंगास्थित गौतमबुद्ध माध्यामिक विद्यालय गोरुसिङ्गेमा रिक्तिक विकको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्माण भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको एक भेलाद्वारा कक्षा इकाई कमिटी निर्माण गरिएको कुरा अखिल (क्रान्तिकारी ) प्रदेश सदस्यमनोज थापाले जानकारी दिनुभयो । बिद्यार्थी संगठनलाई युवा उत्पादनको कारखानाका रुपमा लिइन्छ । यसले राजनीतिमा नयाँ पुस्ता जोडदै जाने श्रृखला निर्माण गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर