जनयुद्धमा तीन छोरा गुमाएका कमरेड केहेरसिंह बुढाको निधन, क्रान्तिकारी माओवादीद्वारा श्रद्धाञ्जली व्यक्त

जनयुद्धमा तीन छोरा गुमाएका कमरेड केहेरसिंह बुढाको निधन, क्रान्तिकारी माओवादीद्वारा श्रद्धाञ्जली व्यक्त


सुर्खेत । जनयुद्धमा आफ्ना तीन छोरा गुमाउनु भएका नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशका सदस्य समेत रहनु भएका कमरेड केहेर सिंह बुढाको ८५ बर्षको उमेरमा निधन भएको छ । उहाँको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा निधन भएको क्रान्तिकारी माओवादीको कणाली प्रदेश कार्यालयले जनाएको छ । उहाँको मंसिर २३ गते निधन भएको थियो । ६ दिनअघि मात्र उहाँकी जीवनसंगनीको निधन भएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेशका इन्चार्ज सीपी शर्माले एक शोक वक्तव्य जारी गरी प्रदेश सदस्य समेत रहनु भएका केहेर सिंह बुढा मगर (प्राण)को दुखद् निधनबाट सिंगो पार्टीपंक्ति अत्यन्तै मर्माहित भएको जनाउनु भएको छ । दशवर्षे जनयुद्ध तथा समग्र नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड बुढाको अतुलनीय योगदान र भूमिका रहेको भन्दै उहाँ र उहाँकी जीवनसाथीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । श्रद्धाञ्जली वक्तव्यमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदन व्यक्त गर्नुभएको छ ।