
कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी लिगको कञ्चनपुर जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न लिग(आरवाईएल) को जिल्ला सम्मेलनले कमल चौधरी अध्यक्ष रहेको १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
सम्मेलनले उपाध्यक्षमा हरिस जप्रेल, सचिवमा किशोर जोशी, कोषाध्यक्षमा नरेन्द्र कठायत, सहसचिवमा भरत ठकुल्लालाई चयन गरेको छ भने सदस्यहरुमा जगदीश विक, राजु दास, इश्वर विक, दिपक नेपाली, ध्वजबहादुर ठकुल्ला, दलबहादुर ठकुल्ला, जनक अवस्थी लगायतलाई चयन गरेको छ ।
कार्यक्रममा नेकपा क्रान्तिकारीका केन्द्रीय सदस्य एव सुप प्रदेश सह इन्चार्ज हरि सुवेदी, क्रान्तिकारी युवा लिग (आरवाईएल) सुप प्रदेश इन्चार्ज लालकिरण, देशभक्त जनतान्त्रिक मोर्चा सुप प्रदेशका अध्यक्ष विष्णुराम नेपालीले परिर्वतनका लागि युवा शक्तिको आवश्यकता र त्यसमा क्रान्तिकारी युवाले खेल्नु पर्ने भूमिकाबारे मन्तव्यसहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्लो सेक्रेटरी कैलाश, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का सुप प्रदेश संयोजक टंक कोइराला, विद्यार्थी नेता जनक अवस्थी र स्वास्थ्य संगठनका नेता दलबहादुर ठकुल्लालगायतको आतिथ्यता रहेको थियो ।