त्रिविमा कार्यरत ४८० प्राध्यापकलाई प्रधानमन्त्रीको ठाडो आदेशमा स्थायी गर्ने निर्णयको विरोधमा अखिल क्रान्तिकारीको वक्तव्य

त्रिविमा कार्यरत ४८० प्राध्यापकलाई प्रधानमन्त्रीको ठाडो आदेशमा स्थायी गर्ने निर्णयको विरोधमा अखिल क्रान्तिकारीको वक्तव्य

काठमाडौं । यही मंसिर १४गते बसेको त्रिवि सभाको बैठकले करारमा कार्यरत ४८० प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाको नाममा त्रिविका कुलपति समेत रहेका नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा स्थायी गर्ने निर्णय गरिएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारीले घोर विरोध गरेको छ । संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले एक वक्तव्य जारी गरी विरोध गर्नुभएको हो ।

वक्तव्यमा त्रिविमा करिब दुई हजार दैनिक ज्यालादारीमा कार्यरत प्राध्यापकहरुलाई उमेरको हदसमेत नलाग्ने गरी सेवा प्रवेशमा मौका दिने निर्णयलाई अविलम्ब खारेज गर्न समेत जोडदार माग गरेको छ । वक्तव्यमा अन्यथा सशक्त संघर्षमा उत्रन बाध्य हुने भन्दै चेतावनी समेत दिइउको छ ।