दाङ । नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) लुम्बिनी प्रदेश समितिको प्रथम भेला दाङ जिल्लाको गढवा गापालिकाको गढवा बहुमुखी क्याम्पसमा सप्पन्न भएको छ ।
अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी ) का केन्द्रीय अध्यक्ष सिताराम तामाङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले प्रेमबहादुर थापाकाे नेतृत्वमा १५ सदस्यीय प्रदेश कमिटी चयन गरेकाे छ ।
भेलामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) केन्द्रीय महासचिव धनेश्वर पोख्रेल, नेकपा ( क्रान्तिकारी माओवादी ) का पिवीएम एवं लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपाने , केन्द्रीय सदस्य एवं दाङ्ग जिल्ला इन्चार्ज कमरेड समीर ,केन्द्रीय सल्लाहकार समिति सदस्य कमरेड ऋषिराम चौधरी , दाङ्ग जिल्लाका सचिव कमरेड नरेन्द्र वन्जाडे , देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङ्ग जिल्ला समितिका अध्यक्ष ईश्वरी गैरे , अखिल नेपाल ट्रेड युनियन महासंघका लुम्बिनी प्रदेश संयोजक राजु भुजेल, र अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका लुम्बिनी प्रदेश संयोजक तिलक विक लगायतका नेताहरुको अतिथ्यता रहेको थियो ।
भेलामा किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सिताराम तामाङले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिको चर्चा सहित प्रशिक्षणात्मक विचारका साथै शुभकामना मन्तव्य राख्नु भयो ।
नेकपा (क्रान्तिकारी माओवादी ) का पिविएम तथा लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपानेले समसामयिक परिस्थिति र पार्टीको दृष्टिकोणसहित भेलाको पूर्ण सफलताको निमित्त शुभकामना दिनु भयाे ।
विद्यार्थी नेता मनोज थापाले संचालन गर्नु भएको भेलाको अध्यक्षता अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) का प्रदेश संयोजक प्रेमबहादुर थापाले गर्नुभएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का नेता नन्दराम रोकायाले राख्नु भयो ।

भेलामाल समग्र जवस मोर्चाको तर्फबाट भेलाको सफलताको शुभकामना मन्तव्य अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका लुम्बिनी प्रदेश संयोजक तिलक विकले राख्नु भएको थियो भने नवनिर्वाचित कमिटिलाई बधाई मन्तव्य किसान महासंघ (क्रान्तिकारी)का महासचिव धनेश्वर पाेखरेलले दिनुभएकाे थियाे ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर