काठमाडौं । वरिष्ठ माक्र्सवादी लेखक तथा नेता हस्तबहादुर केसीकाे संकलन र सम्पादनम “माओ त्सेतुङका प्रमुख लेखहरु” नामक पुस्तक प्रकाशित भएकाे छ ।  याे पुस्तक अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आफ्नो दोस्रो प्रकाशनका रुपमा बजारमा ल्याएकाे हाे । केन्द्रले पहिलो प्रकाशनको रुपमा लेखक केसीद्वारा लिखित “माक्र्सवाद : विकासको इतिहास” नामक पुस्तक यसभन्दा अघि प्रकाशित गरेकाे थियाे ।
दुई खण्डमा विभक्त गरिएको यो संकलन खण्ड – एक मा संकलक÷सम्पादक केसीले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता तथा चिनिया कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङको संक्षिप्त्त जीवनी सहित प्रमुख लेखहरु – पुस्तक
पूजाको विरोध गर , व्यवहारवारे, अन्तर्विरोधबारे , नयाँ जनवाद , उदारवादको विरोध गर , युवा आन्दोलनको दिशा , पार्टीको कार्यशैली सुधार , घिसेपिटे पार्टी लेखनको विरोध गर , येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन , जनताको सेवा गर , जनयुद्ध , जनसेना , अनुशासनका तीन मुख्य नियम र ध्यान दिनुपर्ने आठ कुरा , सादा जीवन र कठोर संघर्षमा दृढ रहौं र जनतासंग घनिष्ट सम्बन्ध कायम राखौं , निरन्तर
क्रान्तिको सिध्दान्त , काम गर्ने तरिका सम्बन्धि सोह्र बुँदा , सही विचार कहाँबाट आउँछ ? दर्शनको प्रश्न ,युवाहरु महान् साँस्कृतिक क्रान्तिका महान् सेनानी हुन् , पार्टी र गुट , पार्टीका सिध्दान्तहरु “ तीन गर र तीन नगर “ , पार्टीमा जनवादी
केन्द्रीयता र पार्टीका “ तीन महत्वपूर्ण कार्यशैलीहरु गरि २३ वटा लेखहरु समावेश गरिएको छ ।
त्यस्तै खण्ड दुई मा माओ त्सेतुङका केही महत्वपूर्ण उध्दरणहरु समावेश गरिएको छ र त्यसमा दर्शनको विषयमा र राजनीतिक अर्थशास्त्र , वैज्ञानिक समाजवाद र अन्य विषयहरु समेटिएको छ ।
विभिन्न समयमा लेखिएका कमरेड माओ त्सेतुङका दर्शन, सिध्दान्त एवं व्यवहारका बारेमा सिर्जना गरिएका अत्यन्तै महत्वपूर्ण लेखहरुलाई संकलन र सम्पादन गरेर एउटै पुस्तकमा समावेश गरेर प्रकाशनमा ल्याउने काममा वरिष्ठ माक्र्सवादी लेखक एवम् माक्र्सवादी चिन्तक तथा राजनीतिक विश्लेषक केसीले आम पाठक र अध्येताहरुलाई निकै सजिलो बनाउनु भएको छ ।
संकलक तथा सम्पादक केसीले कमरेड माओ त्सेतुङका महत्वपूर्ण आलेखहरु संकलन र सम्पादन गरेर नेपालको दार्शनिक तथा राजनीतिक फाँटमा एउटै पुस्तकमा समेटेर नेपाली भाषामा प्रकाशित गरिएको यो पहिलो पुस्तक हो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर