काठमाडौं । कैलाली जिल्लामा क्रान्तिकारी युवा लिगको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट अध्यक्षमा राजु यादव निर्वाचित हुनुभएको छ ।

सम्मेलनबाट उपाध्यक्षमा गुड्डु खान र इन्द्र ढकाल निर्वाचित हुनुभएको छ भने सचिवमा लक्की साह, सहसचिवमा अक्कल घर्तीमगर र कोषाध्यक्षमा सम्झना चौधरी निर्वाचति हुनु भएको छ ।

हार्दिक शुभकामना !


सम्मेलनबाट सदस्यहरुमा जगन्नाथ घिमिरे, लोकेन्द्र भट्ट, अमर बानियाँ, रमेश विक, कमल बराल, गोविन्द नेपाली, गगन कट्टेल, कर्ण विष्ट, केदार खत्री, सुरेश राम्जाली मगर, आकाश विसी, आरएन खान, छोटु खान, फुक्रान खान, केशव खत्री, रामदिन चौधरी निर्वाचित हुनु भएको छ ।

सम्मेलनले ५ सदस्य पछि थप्ने गरी २७ सदस्सीय जिल्ला कमिटि निर्वाचित गरेको छ । सम्मेलन लगत्तै बसेको प्रथम बैठकले ७ जनाको सचिवालय समेत गठन गरेको छ ।

क्रान्तिकारी युवा लिगका सुदुरपश्चिम प्रदेशका संयोजक लालकिरणको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा पार्टीका केस तथा प्रदेश इन्चार्ज डायमन्डको विशेष अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

राजु यादवको अध्यक्षता र पुष्कर जोशीको सञ्चालनमा सम्पन्न सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटररुद्र कडेल सार्थक, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का प्रदेश संयोजक टंक कोइराला, थारुवान राष्ट्रिय मुक्ति मोर्चाका केस विन्तिराम चौधरी, अनेकि महासंघ (क्रान्तिकारी)का जिल्ला संयोजक राम भाट, अखिल (क्रान्तिकारी)का प्रदेश संयोजक पुष्करराज जोशी लगायतका नेताहरु अतिथिको रुपमा सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो ।

आइतबार सम्पन्न भएको सम्मेलन कैलाली उपमहानगरपालिकाको बुद्धचोकमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर