काठमाडौं । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादबाट नेपालको राष्ट्रिय स्वाधीनतामाथि गम्भिर खतरा रहेको छ भन्दै लामो समयदेखि सीमा अतिक्रमण र एमसीसी सम्झौताको विरोध गर्दै आएको नेकपा क्रान्तिकारी माओवादीले मंसिर आज माइतीघर माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने तयारी गरेको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा आज दिउसो १ बजो विरोध प्रदर्शनको तयारी गरिएको पार्टी पीवीएम इन्द्रमोहन सिग्देलले जानकारी दिनुभयो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा रहेको र राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पास गराउने षड्यन्त्र भइरहेकोले मंसिर ७ गते गर्ने भनिएको विरोध प्रदर्शनलाई अगाडि सार्नु परेको पनि बताउनुभयो । विरोध कार्यक्रमलाई शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने बताइएको छ ।

क्रान्तिकारी माओवादीले अन्य प्रदेश र जिल्लाहरुमा पनि दैनिक जसो विरोध प्रदर्शन गरिरहेको छ र भनिरहेको छ– अतिक्रमित लिम्पियाधुरा–लिपुलेक–कालापानी अविलम्ब फिर्ता गराउ, कालापानीबाट भारतीय सेना तत्काल हटाउ, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, सबै असमान सन्धि सम्झौताको खारेजी गर ।

क्रान्तिकारी माओवादी सहित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, अन्य २२ दलीय कार्यगत एकताले पनि वैदेशिक हस्तक्षेपको निरन्तर रुपमा विरोध गर्दै आएको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर