
काठमाडौं । एमसीसी सम्झाैता खारेजीकाे माग गर्दै लाजिम्पाट स्थित अमेरिकी दसताबास अगाडि गरिएकाे शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ ।
नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध युवा संगठन क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जनकाे नेतृत्वमा भएकाे विराेध प्रदर्शनकाे क्रममा प्रहरीले हस्तक्षेप गरि अध्यक्ष महर्जनसहित १० जनालाई गिरफ्तार गरेकाे नेपाल दलित मुक्ति मोर्चाको कार्यकारी अध्यक्ष टेक बहादुर विश्वकर्माले जानकारी दिनु भयाे ।
गिरफ्तारमा पर्ने क्रान्तिकारी युवाहरुमा क्रान्तिकारी युवा लिगक अध्यक्ष अमिर महर्जन, नेकपा (क्रान्तिकारी माओवादी) का काठमाडौं जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, नेपाल दलित मुक्ति मोर्चाको कार्यकारी अध्यक्ष टेक बहादुर विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चाको सचिवालय सदस्य शोभा विश्वकर्मा, लगिगका नेताहरु जगदीश महर्जन, राधाकृष्ण थापा, ज्ञान प्रसाद तिवारी, शंकर बोहरा, समसेर रम्तेल, सुवास अरसी लगायत हुनुहुन्छ ।
क्रान्तिकारी युवा लिगकी नेतृ ज्ञानु खतिवडाले दिएकाे जानकारी अनुसार गिरफ्तार नेता कार्यकर्ताहरुलाई महाराज स्थित प्रहरी वृतमा राखिएकाे छ ।
