काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा  देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमबार सिभिल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । प्रारम्भिक चेक जाँच गर्दा केही समस्या नदेखिएपछि उहाँलाई दुई दिनसम्म भर्ना गरेर विस्तृत चेकजाँच गरिएको थियो ।

आवश्यक चेकजाँच गर्दा सबै रिपोर्टहरु सामान्य आएपछि मंगलबार टाउकाको एमआरआई गरिएको थियो । एमआरआई रिपोर्ट पनि सामान्य आएपछि अस्पतालले आज डिस्चार्ज गरेको अध्यक्ष गजुरेलका कान्छो छोरा सन्जिव गजुरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार