प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता


काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा सहभागी हुन गएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार साइड लाइन भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दुई नेताबीच भएको भेटवार्ताको क्रममा भएको कुराकानीबारे विस्तृतमा भने केही बताइएको छैन । यो भेटपछि नेपाल आएर देउवा भारत भ्रमणमा जान सक्ने बताइएको छ ।

प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले पनि भेटवार्ता गर्ने भएका छन् । यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्ने कार्यक्रम तय भएको छ । पाँचौँ पटक प्रधानमन्त्री भएपछिको देउवाको यो पहिलो विदेश भ्रमण हो ।