काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौं महानगरको ११ नं. वडामा वडा कमिटि गठन गरेको छ । शनिबार एक भेलामार्फत् उक्त कमिटि गठन गरिएको पूर्वी महानगरका इन्चार्ज बोजराज श्रेष्ठले जानकारी दिनुभयो ।
भेलाले श्याम परियार सेक्रेटरी रहेको १३ सदस्सीय वडा कमिटि गठन गरेको छ । कमिटिका सदस्यहरुमा गणेश केसी, कान्छीमाया तामाङ, भुवन थापा मगर, अनुप तामाङ, कान्छामान मोक्तान, विनय बज्राचार्य, विकास तन्डुकार, पुनित शाह, मञ्जु रानामगर, राम फेवर, सरोज मोक्तान रहनु भएको छ । बोजराज श्रेष्ठ, मंगल तामाङ, पवन गुरुङ लगायतका नेताहरुको उपस्थितिमा भएको भेलाल पार्टी सदस्यता वितरण गर्ने, वडामा जबस मोर्चाका संगठनहरु विस्तार गर्ने र जिल्लाका तथा केन्द्रद्वारा आयोजना गरिने संघर्षका कार्यक्रममा सक्रिय रुपमा सहभागि हुने लगायतका निर्णयहरु गरिएको इन्चार्ज श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी सोही दिन भएको एक भेलाले पूर्वी महानगरस्तरीय क्रान्तिकारी युवा लिग, नेपालको संगठन निर्माण गरेको छ । भेलाले किर्ति राईको संयोजकत्वमा ११ सदस्यीय कमिटि गडन गरेको छ । संगठनका सदस्यहरुमा सुरेन्द्र शाही, चियोङ गुरुङ, विकास तन्डुकार, सरोज मोक्तान, शंखध्वज वाइबा, नवराज भूजेल, विजय श्रेष्ठ, सुजिता तामाङ, राजीब चौलागाई लगायत रहनु भएको छ ।






























