
कार्तिक १३ काठमान्डौ ।
देउवा नेतृत्वको सरकारले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फेरी गरेको छ । यसप्रकारले वारम्वार मूल्यवृद्धिका कारण दैनिक उपभोग्य सामाग्रमिा अत्यधिक मूल्यवृद्धि हुन गएको छ ।
संसदीय व्यवस्थाका सबै सरकारले नेपाली जनतालाई महँगी एवम् भ्रष्टाचारव्दारा उनीहरुको ढाड सेक्ने काम गरेका छन् । जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना हुन पुगेको छ । त्यस्तै, सार्वजनिक यातायातले मनपरी भाडा असुल्ने, विद्यार्थी, ज्येष्ठ नागरिक, घाइते, अपाङ्गता भएकाहरुलाई कार्ड छुट नदिनेजस्ता कार्य भइरहेका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको यसप्रकारको मूल्यवृद्धिविरुद्ध सशक्त सङ्घर्षमा उत्रन अखिल (क्रानितकारी)ले बाध्य हुने चेतावनीसहित प्रेस वक्तव्य प्रकाशित गरेको छ । साथै भोली कार्तिक १४ गते १२ बजे आयलनिगम केन्द्रीय कार्यालय घेराउगर्ने कार्यक्रम भएको पनि जानकारी दिएको छ ।
