३ कार्तिक काठमाडौँ —
भीमबहादुरको हत्याका दोषीलाई हदैसम्मको कारबाही गर्न मागगर्दै चितवनको चोविस कोठीबाटबाट सुरु गरिएको जुलुसले सिडिओ कार्यालय पुगी प्रधानमन्त्री र गृहमन्त्रीको नाममा ज्ञापनपत्र बुझाएको छ ।

करीब ३ तीन चारसय जनाको सहभागितामा चितवनको चोविस कोठीबाटबाट नारा जुलुस सहीत निस्केको जुलुसले चितवनका प्रमुख जिल्ला अधिकारी(सिडिओ)मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम सम्पन्न गरेको छ ।
विज्ञप्तिमा भीमबहादुर विश्वकर्माका हत्याराहरु माथि हदैसम्मको कारबाही गर्न/गराउन तथा मृतक विश्वकर्माको परिवारलाई यथोचित क्षतिपूर्ति तथा सुरक्षा प्रदान गर्न नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ ।
यही २०७८ असोज २८ गतेका दिन चितवन जिल्ला वडा नं. ४ दुर्गाचोकमा अवस्थित दुर्गा मन्दिरमा हामीले पनि बोकाको बली दिन पाउने कि नपाउने ? भनेर प्रश्न गर्ने भीमबहादुर विश्वकर्मालाई स्थानीय सीताराम बस्नेतले मन्दिर प्रवेशको माग प्रति असहमति जनाउँदै पाइपले कुटपिट गरेका थिए । कुटाइबाट घाइते भएका भीमबहादुर विश्वकर्मालाई स्थानीय फार्मेसीका संचालक दिलिप श्रेष्ठ समेतले मुक्का प्रहार गरेका थिए । पाइप एवम् मुक्का प्रहारबाट सख्त घाइते भई बेहोस भएका विश्वकर्मालाई उपचारार्थ चितवन मेडिकल कलेज, भरतपुर पुर्याउँदा हस्पिटलका डाक्टरहरुले निज विश्वकर्मालाई मृत घोषणा गरेका थिए ।
ज्ञापनपत्र


































