कार्तिक ३, काठमाडौं ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि असोज ३१ गते बिहान नर्भिक अस्पतालमा भर्ना गरिएकोे थियो । त्यससमयमा उहाँको स्वास्थ्यमा केही जटिलता देखिएका थिए । डाक्टरको क्रमिक औषधीउपचारपछि उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ र आज त उहाँको स्वास्थ्यमा उत्साहजनक सुधार देखिएको छ ।
छातीको एक्सरे लगायतका परीक्षणमा फोक्सोमा ३१ गते  अस्पतालमा भर्ना हुँदा केही समस्या देखिएको  थियो र


उहाँको छातीमा देखिएको उक्त समस्याको विस्तृत जाँचबुझ हुन अझै केही दिन लाग्ने त्यसको विस्तृत जाँचपछि समस्या वारे पुरा जानकारी हुने छ । तर शरीरका अन्य भाग मुटुको इसिजि, इको र किडनी, कलेजो आदि अंगहरु नर्मल देखिएका छन ।
मूलबाटो सम्वाददातासँग कुरा गर्दै उहाँले आज हिजभन्दा अलि सजिलो अनुभव भइरहेको र डाक्टरले अलि अलि हिंडडुल गर्न भनेका छन् भन्नु भयो ।


आजदेखि उहाँको स्वास्थ्यलाई ख्याल गर्दै उहाँलाई भेटन आउनेहरुको भिडलाई व्यवस्थित गर्न नेकपा(क्रान्तिकारी माओवादी) काठमान्डौ जिल्ला सेक्रेटरीको नेतृत्वमा एउटा टिम खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर