नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य(किरण)लाई उपराष्ट्रपति पुनले भेटे

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य(किरण)लाई उपराष्ट्रपति पुनले भेटे

 

कार्तिक २ काठमान्डौ ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य(किरण)लाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । भेटका क्रममा उपराष्ट्रपति पुनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
उपचारमा संलग्न चिकित्सकले वैद्यको स्वास्थ्यमा सुधार आएको जानकारी गराए । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव मोहन वैद्य(किरण)लाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो ।