सुचना सञ्चारको तिब्रतम बिकासपछि अहिले धेरै मानिसले सुचनाको प्रमुख श्रोतका रूपमा सामाजिक सञ्जाललाई बनाउने गरेका छन् । यद्यपि सामाजिक सञ्जालमा कति विश्वास गर्ने भन्ने कुनै मापदण्ड छैन । तथापि मानिसलाई यसले निकै नै गिजोलेको छ । सामाजिक सञ्जाल सुचनाको सबैभन्दा सजिलो र छिटो माध्यम त हो तर यसमा आएका सुचनाहरू सबै सत्य नै हुन्छन् भनेर बुभ्mने गल्ती गरियो भने यसले ठूल्ठूला दुर्घटनाहरू निम्त्याउने त्यत्तिकै खतरा रहन्छ । तसर्थ एउटा विचारमा परिपक्व राजनीति गर्ने जो कसैले पनि सामाजिक सञ्जालमा आएका सुचना र विचारहरूलाई राम्रोसँग छानविन गरेर तथ्य पत्ता लगाउनतिर गएर र वास्तविकतामा पुगेर मात्रै यसलाई प्रयोग गर्छ, विश्वास गर्छ र त्यसप्रति आफ्नो धारणा बनाउँछ । तर यतिवेला हाम्रो मुलुकमा भने सामाजिक सञ्जालमा आएका कतिपय अनर्गल र भ्रामक सुचनाहरूलाई आधार बनाएर आफ्ना धारणा सार्वजनिक गर्ने, एकले अर्कोलाई उछित्तो काड्ने, फरक विचार र पार्टी, संस्थाहरूप्रति नकारात्मक धारणा फैलाउने गरेको पाइन्छ । यस्तो कार्यमा हरेक राजनीतिक दलका एउटा निश्चित तहका नेतादेखि तल्लोतहसम्मका कार्यकर्ताहरू, ‘बडेबडे’ शिक्षक, प्रध्यापकहरू, वकिल, बुद्धिजीवीहरू पनि सङ्लग्न रहेका छन् । उनीहरू यस्तै सामाजिक सञ्जालहरूमा आएका अनेकौँ अनर्गल, तथ्यहीन, बेप्रमाणित कुराहरूमा धारणा बनाएर एकापसमा जुहारी खेल्ने गरिरहेका छन् । यस्तो कार्य कतिपयले भ्रमबस र असावधानिपूर्वक गरिहेका छन् भने कतिपयले सचेततापूर्वक र योजनावद्ध तरिकाले गरिरहेको पाइन्छ ।

यतिखेर नेपालमा फेग (झुट्ठा, अनर्गल, तथ्यहीन) समाचार तयार गर्ने विभिन्न नामका अनलाइन, युटुव, फेसबुक आदि सञ्जालहरू रहेका छन् । तिनले कतिवेला कस्को तेजोवध गर्नु छ र कस्लाई बदनाम गर्ने, खुइल्याउने गर्नु छ त्यसैअनुसार फेग समाचार तयार गर्छन् र सामाजिक सञ्जालमा पोष्ट गरेर भाइरल बनाउँछन् । त्यही समाचारलाई फलो गरेर धारणा बनाउने र भ्रम छर्ने कार्यमा कथित् राजनीतिकर्मी, बुद्धिजीवी, लेखक आदि लागि परेका छन् । उनीहरूको खास उद्देश्य नेपालमा जनवादी क्रान्ति नहोस् यथास्थिति रहिरहोस् भन्ने चाहना अन्तरनिहीत रहेको देखिन्छ ।

यही असोज १५ गते नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण)ले राष्ट्रिय रूपमा प्रशारण भइरहेको ‘योहो टेलिभिजन’मा पत्रकार जीवराम भण्डारीलाई लामै अन्तरवार्ता दिनु भयो । उक्त अन्तरवार्तामा पत्रकारले पूर्व राजा र राजतन्त्र पक्षधर शक्तिलाई अहिलेको राष्ट्रिय राजनीतिको एउटा पोल (शक्ति) बताउँदै त्यसप्रति तपाइँहरूको बुझाई केहो भन्ने सन्दर्भबारेमा एउटा प्रश्न सोधे । त्यस प्रश्नको जवाफ दिने क्रममा महासचिव किरणले प्रष्ट शब्दमा राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने, त्यसलाई आफूहरूले पनि स्वीकार नगर्ने, समाप्त भइसकेको राजतन्त्र र राजालाई शक्तिमा ल्याउने कुरा किमार्थ व्यवहारिक नहुने धारणा राख्नु भयो । किरणले राजतन्त्र नेपालमा इतिहास बनिसकेको र इतिहास नदोहोरिने बताउँदै हरेक क्रान्तिपछि नयाँ राज्य व्यवस्था स्थापना हुने ऐतिहासिक द्वन्द्ववादी नियम भएको कुरा प्रष्टताका साथ बताउनु भएको छ । अब कसैले चाहेर पनि राजतन्त्र फर्काउन नसक्ने उहाँको धारणा थियो । बरू उहाँले हिजोका दिनमा राजा एउटा शक्ति भएको र अहिले पनि त्यसका पक्षधरहरू रहेकाले नेपालको राजनीतिमा एउटा शक्ति त हुन सक्छ तर त्यो शक्तिले पुरानै अवस्थाको सोचबाट नभई नयाँ ढङ्गले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालमा देशभक्त भएर आएको खण्डमा आपूmहरूले पुरानै सोचबाट नहेरी सहकार्य गरेर जानसक्ने आसयको जवाफ दिनुभयो । यो एकदम सही नै छ । किनकि पार्टीका तीन जादूगरी हतियार मध्य संयुक्त मोर्चालाई देशभक्त, प्रगतिशील र वामपन्थीहरूको संयुक्त मोर्चा बनाएर पार्टीको रणनीतिक कार्य पूरा गर्न सामन्तवाद, विस्तारवाद र साम्राज्यवादका साथै अहिलेको दलाल नोकरशाही पूँजीवादी व्यवस्थाको अन्त्य गरी जनवादी गणतन्त्र ल्याउन लड्नु पर्छ भन्ने नीति पार्टीले लिएकै छ । त्यस सन्दर्भमा हामी देशभक्तका रूपमा आउँछौँ भनेर आएमा पूर्वाग्रही भएर हेर्न नहुने किरणको तर्क स्पष्ट रूपमा व्यक्त भएको छ । साथै उहाँले त्यही अन्तरवार्तामा राजतन्त्र फर्किने कुरा हुँदैन र फेरी श्रीपेच लगाएर आउने चेष्टा पूर्व राजाले गर्नु सही र ठिक होइन भन्ने कुरा पनि प्रष्टसँग भन्नुभएको छ । यति प्रष्ट अन्तरवार्तालाई विभिन्न अराजक र प्रायोजित मिडियाहरूले ‘मोहन वैद्यले राजतन्त्र स्वीकार गरे’ भनेर अनर्गल प्रचार गरेर जनतामा भ्रम छर्ने कुचेष्टा गरिरहेका छन् । यिनै भ्रमपूर्ण समाचारको पछि लागेर कतिपय आफ्नै फार्टीपङ्क्तिका नेता कार्यकर्ताहरू र वुद्धिजीवीहरू तथा अन्य आम वुद्धिजीवी, क्रान्तिकारी शक्तिका जनतामा पनि भ्रम परिरहेको छ । त्यसैले भ्रम चिर्नका लागि पार्टी प्रवक्ताले वक्तव्य नै जारी गरेर बरू त्यो अन्तरवार्ताको पूरै अंश सुन्नका लागि आग्रह समेत गरिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादीको) को प्रष्ट धराणा भनेको नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गरेर वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादमा पुग्ने हो । दश वर्षको महान् जनयुद्ध नयाँ जनवादी गणतन्त्र प्राप्तिका लागि लडिएको दीर्घकालिन जनयुद्ध थियो । सामन्तवाद, विस्तारवाद र साम्राज्यवादका विरुद्ध हतियार उठाएको पार्टीले सामन्तवादको राजनीतिक संस्था राजतन्त्रलाई स्वीकार्ने प्रश्न नै हुँदैन । राजतन्त्रको नेतृत्व र छत्रछायाँमा हुर्केको शाहीसेना विरुद्ध जनताको आफ्नै जनमुक्ति सेना तयार गरेर जनयुद्ध लडेको पार्टीलाई समाप्त भइसकेको राजतन्त्रको पक्षमा लाग्यो भन्नु दलाल पुँजीवादीहरूको क्रान्तिकारीहरूका विरुद्ध गरिएको वान्ता मात्रै हो । राजतन्त्र ढल्नुको मुख्य कारण जनयुद्ध नै थियो । यो त दिनको घाम जत्तिकै छर्लङ्ग छ । सामन्तवादको राजनीतिक नेतृत्व राजतन्त्रले गर्दथ्यो । आज राजतन्त्र ढलेको छ तर सामन्तवादको सांस्कृतिक विरासत ढलेको छैन । साथै नेपालको उत्पादन सम्बध अझैपनि सामन्तवादी चरित्रको छ । त्यसैले सामन्तवादको नायक राजतन्त्र ढले पनि त्यसको विरासत आजका संसदवादी राजनीतिक दलहरूले बोकिरहेका छन् । त्यसैले सामन्तवादसँगको क्रान्तिकारी कम्युनिस्टहरूको लडाइँ अझै सकिएको छैन । अझै पनि देश अर्धसामन्तवादी अवस्थामै रहेको छ । तसर्थ क्रान्तिकारी कम्युनिस्टहरूको दुई कार्यभार मध्य एउटा घरेलु सामन्तवादको अवशेष समाप्त पारेर देशमा जनवादी गणतन्त्र स्थापना गर्नु हो भने अर्कोतर्फ विस्तारवाद र साम्राज्यवादी हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनताको लडाइँ लडेर देशलाई पूर्ण रूपमा स्वतन्त्र र स्वाधीन बनाउनु छ । यी दुई कार्यभार पूरा नगरी नेपालमा वैज्ञानिक समाजवादको स्थापना गर्न सकिँदैन ।

जनयुद्धका क्रममा शत्रुशक्तिलाई कमजोर बनाउन उनीहरूका बिचको अन्तरविरोधमा खेलेको कुरा साँचो हो र त्यसो गर्नु आवश्यक थियो । कमजोर शक्तिले बलियो शक्तिलाई पराजित गर्न शत्रुशक्तिमा अन्तरविरोध पैदा गर्न र त्यसलाई सही ढङ्गबाट परिचालन गर्नु पथ्र्यो नै । त्यही कुरालाई लिएर कतिपय प्रतिकृयावादी र दलाल पुँजीवादका मतियार शक्तिहरूले माओवादीले राजतन्त्र स्वीकार ग¥यो भन्दछन् । यसो भन्नु उनीहरूको भ्रम र माओवादीलाई बदनाम गराउने कुत्सित मनसाय मात्र हो । यतिखेर महासचिव किरणले अन्तरवार्तामा सोधिएको प्रश्नको जवाफ दिने क्रममा हिजोको राजा वा राजावादी शक्तिहरूले सच्चिएर राष्ट्रिय स्वाधीनताको लडाइँमा क्रान्तिकारीहरूलाई साथ दिन नयाँ ढङ्गले सोँच्नुपर्छ भन्नु अन्यथा कुरो होइन । भारतीय शाषक वर्गबाट नेपालको भूमि अतिक्रमण भएको, एमसीसी जस्तो राष्ट्रघाती परियोजना मार्फत् अमेरिकी सत्ता नेपालमा प्रत्यक्ष हस्तक्षपमा उत्रिरहेको, नेपालका सत्तासिन र संसदवादी दलहरूले विस्तावाद र साम्राज्यवादको नाङ्गो दलाली गरिरहेको अवस्थामा नेपालका देशभक्त शक्तिहरू र क्रान्तिकारी शक्तिहरू एक भएर स्वाधीनता र वास्तविक जनगणतन्त्रका निम्ति लड्नु अनिवार्य कुरा हो । यो यतिवेलाको जरुरी महत्वको विषय हो । यही कुरालाई लिएर महासचिव किरणले पार्टीको स्पष्ट धारणा राख्नु भएको छ । पुरानो शक्ति नयाँ ढङ्गले देशभक्त भएर उभिन्छ र जनताको परिवर्तनकामी आन्दोलनलाई साथ दिन तयार हुन्छ भने पुर्वाग्रही भएर हेर्नु राजनीति चरित्र हुाष्दैन । यसको अर्थ राजतन्त्र फर्काउने भन्ने कुरा होइन । अव नेपालबाट राजतन्त्र सदा सर्वदाकालका लागि समाप्त भएको छ । राजतन्त्रको भुतबाट कोही तर्सिनु जरुरी छैन ।

यतिवेला नेपालमा राजतन्त्र छैन । बुर्जुवा गणतन्त्र स्थापना भएको छ । यसलाई उनीहरू लोकतान्त्रिक गणतन्त्र भनेर नाम दिएका छन् । हिजोको राजतन्त्रको छत्रछायाँमा हुर्केको संसदीय बहुदलीय व्यवस्थाका तुलनामा यो व्यवस्था एक कदम प्रगतिशील छ । तर यो उत्पीडित वर्गका जनताको व्यवस्था होइन । त्यसैले आज जनयुद्धका नायक भनिएका केही नेताहरूले जनयुद्धलाई प्रतिकृयावादी वर्गको हातमा बुझाएर त्यसको हत्या गरेपनि जनयुद्धको कार्यभार अझै पूरा भएको छैन । त्यो पूरा गर्ने जिम्मेवारी आजका क्रान्तिकारी पार्टी र जनताको हातमा आएको छ ।

अहिलेको व्यवस्थाबाट जनता वाक्क दिक्क भएका छन् । यसको विकल्प जनताले खोजिरहेका छन् । क्रान्तिको निम्ति वस्तुगत आधार यति धेरै परिपक्व भएको छ तर क्रान्तिकारी शक्ति छिन्नभिन्न अवस्थामा छ । सङ्गठित शक्तिको आत्मगत अवस्था कमजोर छ । यतिबेला परिस्थितिले तुरुन्तै हतियार उठाएर सशस्त्र सङ्घर्ष गर्ने कुराको माग गरिरहेको छ । तर तुरुन्त हतियार उठाउने शक्ति कमजोर अवस्थामा छ । तसर्थ शक्ति सञ्चय गर्ने र तयारीका काम पूरा गर्नु आवश्यकता छ । तसर्थ क्रान्तिकारी कम्युनिस्ट पार्टीको काँधमा यतिखेर राष्ट्रिय स्वाधीनता र जनतन्त्रका निम्ति देशभक्त, वामपन्थी, जनवादी शक्ति र क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबन्द गर्ने दायित्व आएको छ । यो कार्य मालेमावाद प्रति प्रतिवद्ध र स्पष्ट विचार बोकेको पार्टीले मात्रै गर्न सक्छ । यो कार्यको नेकपा (क्रान्तिकारी माओवादी)ले मात्रै नेतृत्व गर्न सक्छ र गर्नु पर्छ ।

अहिले पनि नेपालको राजनीतिक लडाइँमा त्रिपक्षीय शक्ति सन्तुलन छ । एउटा पक्ष दलाल संसदीय पुँजीवादी गणतन्त्र पक्षधर शक्तिहरू छन् । त्यसमा नेपाली काङ्ग्रेस, एमाले, माओवादीकेन्द्र, नेकपा एस, जसपा लगायतका राजनीतिक पार्टीहरू छन् । यिनीहरूका बिचमा पार्टीको नाम मात्रै फरक हो । राजनीतिक लक्ष्य, उद्देश्य, कार्यक्रम, कार्यशैली, राजनीतिक आचरण र संस्कारमा कुनै भिन्नता छैन । यसले यथास्थितिवादको पक्षपोषण गर्दछ । दोस्रो शक्ति भनेको प्रतिगामी शक्ति हो । यसमा राप्रपा, राजावादी शक्तिहरू, पूर्व राजा ज्ञानेन्द्र शाह र उसको पारिवारिक एवम् भारदारी शक्ति र केही धार्मिक सङ्घ संस्थाहरू लगायत रहेका छन् । यिनीहरू नेपालमा पुरानै राजतन्त्र र हिन्दू राज्य स्थापना गर्न चाहन्छन् । यसलाई राजनीतिक भाषामा सामन्तवादी शक्ति भन्न सकिन्छ । यद्यपि सामन्तवादी संस्कार संस्कृति र राजनीतिक चरित्र त अहिलेका संसदवादी पार्टीहरूमा पनि प्रचुर मात्रामा छ । तेस्रो शक्ति भनेको जनवादी गणतन्त्र पक्षधर क्रान्तिकारी कम्युनिस्टहरू छन् । जसमा नेकपा (क्रान्तिकारी माओवादी), विप्लव समुहको नेकपा, नेकपा मसाल, लगायत विभिन्न कम्युनिस्ट नामका पार्टीहरूमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरू पर्छन् । तर यो शक्ति एक ढिक्का भएर सङ्गठित हुन सकेको छैन । त्यसैले पनि यथास्थितिवादीहरू र प्रतिगामी शक्तिहरूले टाउको उठाउने र सत्तामा हालिमुहाली गर्ने अवसर पाइरहेका छन् । यसका विरुद्ध सबै सचेत क्रान्तिकारी कम्युनिस्टहरू एक हुन आवश्यक छ । साथै देशभक्त, जनवादी शक्तिहरू पनि राष्ट्रिय स्वाधीनताको लडाइँमा क्रान्तिकारी कम्युनिस्टहरूको नेतृत्वमा मोर्चावद्ध भएर गोलबन्द हुन जरुरी छ ।
२१ असोज २०७८

प्रतिक्रिया

सम्बन्धित खवर