
९ असोज, काठमाडौ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध अखिल नेपाल क्रान्तिकारी वैदेशिक मजदुर संघको प्रथम भेला सम्पन्न भएको छ । काठमाडौमा सम्पन्न भेला युवराज थापाको संयोजकत्वमा क्रमशः मोहन राउत, सुबोध लामिछाने, जीवन कार्की, नारायण खत्री, पारस साउद, कृष्ण राउत सह-संयोजक रहेको २९ सदस्यीय केन्द्रीय भेला आयोजक समिति गठन गरेको छ ।
मुख्यतः वैदेशिक रोजगारीको शिलशिलामा भारत, मलेसिया, मध्यपुर्व तथा संसार भरि छरिएका नेपाली मजदुरहरुको आर्थिक-राजनीतिक-सांस्कृतिक हक-अधिकारको पक्षमा आवश्यक संघर्ष अघि बढाउने लक्ष्यका साथ यो संगठनको स्थापना भएको हो ।
यस संगै भेलाले स्वदेशमा रोजाईको निम्ति आवाज बुलन्द गर्दै भ्रष्ट राज्य-संयन्त्र, दलाल चरित्रका मेनपावर व्यवसायी र विचौलियाहरुको मजदुर लुट-धन्दा, अवैधानिक बाटो प्रयोग गरि नेपाली श्रम-श्रमिक बेच्ने मानव-तस्करको जाल-षड्यन्त्र एवं अपमानजनक वैदेशिक रोजाईको नाममा श्रमशक्तिको निर्यात गरेर चैन गरिरहेका शासकहरुका गलत नितिका विरुद्ध कठोर संघर्ष गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष इश्वर तिमिल्सिना एवं महासचिव वसन्त बोगटीको उपस्तिथिमा सम्पन्न भेलाले संगठनका पुर्व संयोजक सुर्य गिरिलाई यस अवधि सम्म संगठन-आन्दोलनलाई नेतृत्व प्रदान गरेकोमा धन्यवाद दिएको छ । वसन्त बाेगटीबाट