चितवन/ नेकपा (क्रान्तिकारी माओवादी) चितवनको आयोजनामा पार्टीका सल्लाहकार जगत बहादुर श्रेष्ठको दोस्रो स्मृति कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीकी पीवीएम तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष अम्बिका मुडभरी, पार्टीका केन्द्रीय सल्लाहकार तथा किसान नेता भुमिश्वर कडेल, स्वतन्त्र वामपन्थी नेता भक्ति प्रसाद लामिछाने , राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, एम.सी.सी. खारेजी अभियान चितवनका संयोजक फणीन्द्र आचार्य , कवि पुर्ण बहादुर अधिकारी , रविकिरण निर्जीव , जगत बहादुर श्रेष्ठका भतिज राजकुमार श्रेष्ठ लगायतले बोल्दै कमरेड जगतबहादुर श्रेष्ठले नेपालकाे क्रान्तिकारी कम्युनिस्ट आन्दाेलनमा पुर्याउनु भएकाे याेगदानकाे विषयमा चर्चा गर्नु भएकाे थियाे । उहाँकाे व्यक्तित्व र कृतित्व अनुकरणीय रहेकाे भन्दै वक्ताहरुले नेपाली क्रान्तिका बाँकी कार्यभार पूरा गर्न विचार मिल्ने शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जाेड दिएका थिए ।
कार्यक्रमकाे अध्यक्षता पार्टीका केस तथा चितवन जिल्ला इन्चार्जले गर्नुभएकाे थियाे भने सहजीकरण जिल्ला सेक्रेटरी अशाेक शर्माले गर्नुभएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य जगतबहादुर स्मृति प्रकाशन समितिका सहसचिव माेदनाथ मरहठ्ठाले गर्नुभएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर