माक्र्सवादले हामीलाई सिकाएको छ कि कुनै पनि विचार अथवा सिद्धान्त सधै भरी कुनै न कुनै भौतिक परिस्थितिको उपज हुन्छ । जुनवेला नयाँ भौतिक परिस्थिति उत्पन्न हुन्छ, नयाँ विचारहरू अथवा सिद्धान्तहरू पनि उत्पत्ति हुनु अनिवार्य हुन्छ । यहि सत्यता माक्र्सवाद आफैमा पनि लागु हुन्छ । यसरी माक्र्सवादलाई अझ राम्रोगरी बुझ्नका लागि हामीले भौतिक परिस्थितिको ज्ञान लिन कोशिस गर्नु पर्दछ, त्यो भनेको सामाजिक–आर्थिक अवस्थाहरू, जसभित्र पसेर माक्र्स र एङगेल्सले पहिलो पटक माक्र्सवादलाई जन्म दिएका थिए ।
सामाजिक—आर्थिक अवस्थाहरूमा आएको क्रान्तिकारी परिवर्तनसँगै माक्र्सवाद आजभन्दा १८० वर्ष अघिदेखि विकसित बन्दै आएको पाइन्छ । खासगरी सन १८४०तीर पहिलो पटक युरोपमा यसको आधार स्थापना बन्दै गयो, जुन बेला सम्पूर्ण विश्व आर्थिक रूपले, राजनीतिक र सैनिक रूपले त्यसद्धारा शासित थियो । त्यसवेला विश्व प्रभुत्व यस्तो थियो कि प्राचीन सभ्यताको विकास भएका करीब करीब सबै देशहरू जस्तै भारत, चीन र प्रशिया यसबाट अधिन भएका थिए ।
माक्र्स र एङगेल्सले जब माक्र्सवादको विचारलाई विकास गरीरहेका थिए, युरोपका सबैभन्दा ज्यादा आर्थिक रूपले विकसित यीनै भागहरूमा उनीहरु जन्मेका र रहदै आएका थिए । तिनीहरूले प्रत्यक्ष अबलोकन गरे, त्यसमा भागलिए र त्यो समयका सबै प्रमुख घटनाहरूद्धारा उनीहरु प्रभावित हुँदै गएका थिए । यसप्रकार कसरी माक्र्सवाद जन्मिएको थियो भन्ने बुझ्नका लागि हामीले सर्वप्रथम त्यसवेलाको युरोपलाई हेर्नु पर्दछ र त्यसवेलाको सामाजिक आर्थिक अवस्थाभित्र प्रधान तत्व देख्नुपर्दछ ।
१. सबभन्दा महत्वपूर्ण तत्व औधोगिक क्रान्ति थियो, जो १७६० देखि सुरूभएर १८३० मा अन्त्य भयो, र, यद्धपि यो इङलैण्डमा केन्द्रीत थियो,सम्पूर्ण विश्वलाई प्रभावित पारेको थियो । औधोगिक क्रान्तिलाई त्यही रूपमा नामाकरण गरियो किनभने यो यिनै १७ वर्षभरी चलेको थिया,े जसलाई विश्वले पहिलो पटक औधोगिक विकासमा एउटा यस्तो विष्फोटक र क्रान्तिकारी विद्रोह देख्यो । यो यस्तो समय थियो कि आधुनिक विशाल कारखानाहरू पहिलो पटक स्थापित गरिएका थिए र एक दमै द्रुत गतिमा बढिरहेका थिए, विशेषगरी इङ्गलैण्डमा ।
यसको साथै विश्व बजारको फैलावट मानिसले गरेको अनुमानभन्दा बाहिर थियो, जसलाई विश्वका सबै भागहरूमा पठाइएका थिए । यद्धपि अन्य देशहरू जस्तै फ्रान्स, हलैण्ड र जर्मनका विभिन्न भागहरू र अमेरिकामा समेत ठूलाठूला कारखानाहरू स्थापना गरिएका थिए, यो समय इङ्गलैण्डद्धारा विश्व अत्यधिक अधिनमा थियो । यसको अधिन यस्तो थियो कि जसलाई ‘विश्वको कारखाना(वोर्कशप)’ भन्न थालियो, जसले सबै देशहरूमा तैयारि सामानहरू पठाउदथ्यो ।
औधोगिक क्रान्तिले पुँजीपति वर्गमा रूपान्तरण गर्‍यो । यो वर्ग सुरूमा आर्थिक रूपले त्यति बलियो थिएन् र एउटा मध्यम वर्ग(जसलाई वुर्जुवाजी–दयगचनभयष्कष्भ भनिन्थ्यो किनभने फ्रेन्चमा यसको अर्थ मध्यमवर्ग हुन्थ्यो) थियो । तर, औधोगिक क्रान्तिसंगै, यो मध्यमवर्ग एउटा औधोगिक अरबपति वर्गमा रूपान्तरित भयो, जसलाई आधुनिक औधोगिक पुँजीपति (वुर्जुवाजी) भनिन्छ । यो नयाँ वर्गको अघोषित धनीहरूले सामन्त वर्गहरू जो त्यसवेला र अहिले पनि शासकवर्ग थिए,छन् उनीहरूलाई ज्यादा शक्तिशाली चुनौती दिए ।
२. आधुनिक औधोगिक पुँजीपति (वुर्जुवाजी)को साथै औधोगिक क्रान्तिले अर्को वर्गलाई पनि जन्म दियो,जसलाई आधुनिक औधोगिक श्रमजीवी वर्ग, अथवा सर्वहारा भनिन्छ । कारखानामा एकसाथ काम गर्ने हजारौ मजदुरहरूद्धारा निर्मित यो वर्ग स–साना कारखानामा साना साना समूहमा काम गर्ने पहिलाका मजदुरहरूभन्दा एकदमै भिन्नै थियो । आधुनिक सर्वहाराहरूले उनीहरूको श्रम शक्ति सिवाय अरू केही पनि राखेका थिएनन् र श्रमिकहरू र कडा मिहेनत गर्नेहरूको अघिल्ला पुस्ताहरूलाई थाहै नभएका क्षेमता र आत्मविश्वास उनीहरूसँग थियो । यो शक्ति आधुनिक उधोगसँगको सम्पर्क, कारखाना प्रणाली बाट सिकेको अनुशासन र एउटै छानामूनी एउटै कारखानामा सँगै जम्मा भएका ठूलो संख्याको उपस्थितिका कारण पैदा भएको शक्ति थियो । समाजमा उनीहरूको अवस्थितिले इतिहासमा उनीहरूलाई सम्भावीत अति क्रान्तिकारी शक्तिका रूपमा स्थापित गर्‍यो ।
३. अर्को महत्वपूर्ण तत्व थियो जसले त्यस समयमा युरोपमा राजनीतिक स्थितिमाथि हैकम चलाएको थियो । यो उदाउदो पुँजीपति वर्गद्धारा नेतृत्व गरिएको पुँजीवादी लोकतान्त्रिक क्रान्तिहरूको बाढी थियो,जसको अति महत्वपूर्ण १७८९को फ्रेन्च क्रान्ति थियो । फ्रेन्च क्रान्तिले फ्रान्समा क्रान्तिकारी आमूल परिवर्तनमात्रै ल्याउने काम गरेन् । यसले नेपोलियन युगको युद्धको नेतृत्व पनि गर्‍यो, जहाँ फ्रेन्च पुँजीपतिको सेनाले युरोपको सबैजसो भागमाथि विजय प्राप्त गर्‍यो र जहाँ जहाँ उनीहरू गए त्यहाँ सामन्तवादलाई निर्मूल पार्दै पुँजीवादी सुधारहरू लागु गर्दै गए । तिनीहरूले यसरी राजाहरूलाई र पुराना सामन्त वर्गहरूलाई मृत्युघण्टा बजाए । यद्धपि फ्रेन्च सेनालाई पछि हराइयो, पुरानो शासकवर्गले कहिल्यै पनि उसको आफ्नो अवस्थिति पुन: प्राप्त गर्न सकेन् ।
आधुनिक पुँजीपतिले उसको क्रान्तिकारी ज्वारभाटालाई अनगिन्ति अन्य पुँजीवादी क्रान्तिहरूलाई निरन्तरता दिदै रहयो, जसको परिणाम सामन्त वर्गहरूको निर्णायक हारमा र पुँजीवादको विश्व प्रणाली, व्यवस्थाका रूपमा विजय थियो । यसरी आर्थिक र राजनीतिक दुवै स्तरमा माक्र्सवादको जन्मको समय पुँजीपति वर्गहरूका लागि ठूलठूला उपलब्धीहरू र विजयको समय थियो जव उसले विश्वका अति विकसित र प्रभावशाली देशहरूमा आफ्नो शासनलाई एकछत्र स्थापित गरेको थियो ।
४.यद्धपि यो पुँजीवादको सबैभन्दा ठूलो उपलब्धीको अवधि थियो,प्रधान कारकतत्व जसले त्यो अवधिभर माक्र्सवादको जन्म दियो । त्यो मजदुर वर्गको सचेतनाको र सर्वहारा सगठनहरू र आन्दोलनहरूको उठान थियो । यसरी सर्वहाराको एउटा स्वतन्त्र र स्व: सचेत शक्तिको रूपमा उठानको सन्देश थियो । यो वर्ग–सचेत सर्वहाराको उठान पहिलो पटक इंगलैण्ड र फ्रान्समा भयो । यो मूलत: यी दुईवटा देशहरूमा सुरूमै फैलिएको आधुनिक उद्योगको कारणले भयो । आधुनिक उद्योगको फैलावट, यद्धपि यसले पुँजीपतिका लागि विशाल सम्पत्ति ल्याइदियो, त्यही समयमा मजदुर वर्गका निम्ति ज्यादै अमानवीय काम र वसाई(जीवीकोपार्जन) दियो ।
यो मजदुर शक्ति करिब करिब श्रमशक्तिको तीन चौथाई महिला र बालकको संरचनामा थियो किनभने तिनीहरूले पुँजीपतिहरूका लागि सस्तो र ज्यादै सजीलोगरी नियन्त्रण गर्न सकिने मजदुरहरू उपलब्ध गराउथे । कपडा मिलहरूमा १४देखि १६ घण्टासम्म काम गर्न ६ वर्षभन्दा माथिका केटाकेटीहरूलाई वाध्य गराइन्थ्यो । जब पुँजीपतिहरूले अत्यधिक ठूलोमात्रामा धन सोहोर्ने काम गर्दथे भने मजदुरहरू अत्यधिक दुखमा डूब्दै जान्थे । जब कपडा मिलका मालिकहरूले उनीहरूको पुँजीलाई दुइ गुणा धेरै बढाउथे, उनीहरूका बुनकरहरूलाई तिनीहरूले पहिला प्राप्त गर्नेको आठमा एकभाग मात्रै पाउदथे । यसरी सर्वहाराको अवस्था यस्तो थियो कि विद्रोह केवल सम्भावना मात्रै थिएन् तर पूर्णत अनिवार्य थियो । यस्तो पहिलो विष्फोट स्वस्फूर्त भयो, कुनै स्पष्ट दिशा विना ।
एउटा उदाहरण इगलैण्डमा १८१०–११मा भएको मेशिन–तोड आन्दोलन थियो, जहाँ बुनकरहरूका समूहहरूले गरेका कपडा मिलमाथिका आक्रमण र तिनलाई आफ्ना हातमा परेजति सबैलाई ध्वस्तपार्न सक्ने जति पारेका थिए । यो उनीहरूको आधुनिक उद्योगका विरूद्धको विरोध थियो, जसले उनीहरूको अतिआवश्यक जीवीकोपार्जनलाई ध्वस्थ पार्दै थियो । यस्तो विरोधहरू जसको कुनै दिशा थिएन् र दर्दनाक तरिकाले दमन गरियो , छिटै मारियो । यसको उपलब्धी के भयो भने लेवर आन्दोलन र लेवर संगठनहरूको विस्तार र विकास थियो जसले सर्वहारा लडाईलाई त्यसको उत्तर र दिशा दियो ।
पहिलेका युनियनहरू, जसलाई दक्ष मजदुरहरूका लागि वन्देज गरिएको थियो, १८१८देखि सबै कामदार मानिसहरूलाई एकतावद्ध गर्न सुरू गरे, जसलाई उनीहरूले ‘जनरल ट्रेडस’युनियनहरू भन्न थाले । जव यी युनियनहरूले इंगलैण्डमा विकास गर्न थाले, त्यसले राष्ट्रिय स्तरको युनियनका लागि आन्दोलन सुरू गरियो । यो जुन वेलामा गठन गरियो, त्यसवेला ३४बाट सुरू भएर यसको सदस्य संख्या ५लाख पुग्यो । युनियनहरूको साथसाथै, कामदारहरूले पनि आफूहरूलाई सहकारीहरू र पारस्परिक फाइदालिने समाजका रूपमा संगठित गर्न सुरू गरे । अन्य देशहरूमा जहाँ युनियनहरू पूर्णत प्रतिवन्धीत थिए, कामदार वर्गका संगठनहरूका प्रमुख रूपहरू यी र यस्तै संगठन थिए, जसले संख्या र शक्ति पनि विकास गरे ।
जव मजदुर संगठनहरूले विकास गर्दै गए, बेलायतका मजदुरहरूले मजदुरहरूका लागि मतदानको अधिकारको माग गर्दै १८३७मा चार्टिष्ट आन्दोलन सुरू गरे । यो नै पहिलो व्यापक, सांचो अर्थमा मास र राजनीतिक रूपले संगठित गरिएको सर्वहारा क्रान्तिकारी आन्दोलन थियो । यसले संसदलाई मास पिटिसनको तरिका प्रयोग गर्‍यो, जो करिब करिब आजभोली गरिने हस्ताक्षर अभियानजस्तै थियो । यी पिटिसन्सले ५लाख सम्म हस्ताक्षेर जम्मा गरे । केही चार्टिष्ट प्रदर्शनहरूमा त ३लाख पचास हजार सम्म सहभागी थिए, जसले मजदुर वर्गको संगठित शक्तिलाई प्रदर्शन गर्दथ्यो ।
जे भएता पनि जव आन्दोलनले यसको क्षेमता र दृढतामा गति लिन थाल्यो र बढदै गयो, यसले दर्दनाक दमनको सामना गर्‍यो र १८५०तिर यसलाई दमन गरियो । १८४०को सुरूवातमा जव एङगेल्स इंगलैण्डको म्यानचेष्टरमा बसिरहेका थिए, उनी क्रान्तिकारी चार्टिष्ट नेताहरूको साथै यसको साप्ताहिक द नर्दन स्टार र चाटिष्ट आन्दोलनद्धारा प्रभावित थिए । मजदुर आन्दोलनको बढदो लडाकुपनले पनि यस बखतमा पहिलो मजदुर विद्रोहको नेतृत्व गर्‍यो जसलाई निर्शम्स तरिकाले दवाइएको थियो । यी उदाहरणहरूमा १८१६मा भएको लण्डन विद्रोहहरू थिए र १८१९मा मेनचेष्टर, फ्रान्सको लियोनस, १८३१ र १८३४मा भएका रेशम मजदुरहरूको विद्रोहहरू, र प्रुसियन त्यस वेलाको जर्मनी र हालको पोलैण्डमा १८४४मा भएको हेण्डलुम लिनेन बुनकरहरूको विद्रोह । पछिल्लो नामको सङ्घर्षले जर्मन लगायत युवा माक्र्समा पनि बलियो प्रभाव पारेको थियो ।
यसरी १८४० तीर, धेरै औधोगिक देशहरूमा सर्वहारा आन्दोलन शक्ति र फैलावटको हिसावले द्रुत गतिमा बडिरहेको थियो । यद्धपि, यो अझै धेरै कमजोर र पुरानो सामन्ती शासकवर्गहरू अथवा प्रबल ठुला पुँजीपतिलाई खतरा दिन सक्ने अवस्थामा थिएनन् । तै पनि एउटा स्वतन्त्र शक्तिको रूपमा सर्वहाराको उदय विश्व ऐतिहासिक महत्वको एउटा घटना थियो । सर्वहाराको भौतिक अस्तित्वको आगमनको अर्थ त्यही समयमा यो नयाँ क्रान्तिकारी वर्गको प्रतिनिधित्व गर्ने विचारको जन्म थियो । घेरै विचारहरू र सिद्धान्तहरू कामदार वर्गका चाहनाहरूको प्रतिनिधित्व गरेको दावी गर्नेहरू यसरी अस्तित्वमा आएका थिए ।
माक्र्सवाद, जव १८४०को दशकमा यसको पहिलोपटक सुत्रवद्ध गरिएकाहरूमध्ये एउटा थियो । यद्धपि, घेरै सिद्धान्तहरू उही आर्थिक अवस्थाहरूबाट उदय भएका थिए, माक्र्सवादले एक्लै यी अवस्थाहरू सही तरिकाले बुझ्न र तिनीहरूलाई बदल्न पनि औजारहरू प्रदान गर्‍यो । त्यसकारण त्यसपछिका आउने वर्षहरूमा माक्र्सवाद नै एक्लो शक्ति बन्यो जसले आफूलाई अहिलेसम्म पनि साँचो सर्वहारा विचार भएको एउटा वाद र दर्शनको रुपमा प्रमाणित गर्न सकिरेहेको छ ।
जगपगmकष्लनजद्दण्ज्ञद्द२थबजयय।अयm

प्रतिक्रिया

सम्बन्धित खवर