पाेखरा । नेकपा (क्रान्तिकारी माओवादी)ले पाेखरामा यही असाेज ९ गते अन्तर्क्रिया कार्यक्रम गर्ने भएकाे छ ।

पार्टीको प्रदेश ४ काे आयाेजनामा गर्न लागिएकाे अन्तर्क्रियामा पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस र अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले लिखित रुपमा अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकाे पार्टी केस नारायण अधिकारीले जानकारी दिनुभयाे ।

“नेपालकाे वर्तमान संविधान, राज्यकाे स्वरुप र परिवर्तनको आवश्यकता” विषयक अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमाथि अधिवक्ता तिलक पराजुली र सह प्रा.डा. लक्ष्मीशरण अधिकारीले टिप्पणी गर्ने कार्यक्रम तय गरिएकाे छ ।

कार्यक्रम पाेखराकाे रामबजार लक्ष्मीटाेलकाे लक्ष्मी पार्टी प्यालेसमा असाेज ९ गते विहान ११ बजे सुरु हुने जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर