कञ्चपुर । नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेशको बैठक सम्पन्न भएको छ । मंगलबार नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणको विशेष उपस्थितिमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ अमरपुर कृष्ण सामुदायिक वनको भवनमा प्रदेश कमिटीको चाैथाे पुर्ण बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टीका निवर्तमान सुदुरपश्चिम प्रदेश ईन्चार्ज अनुकूल पाटीका सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रिय सदस्य डायमण्ड, केस तथा सहइन्चार्जहरु बिक्रान्त, लालिकिरण लगायत नेताहरुकाे उपस्थिति रहेको थियो ।

बैठकले राष्ट्रियता, जनतन्त्र र जनजिविकाका लागि निरन्तर संघर्ष गर्ने निर्णय गरेकाे छ । सुदुरपश्चिम प्रदेशका सिमा समस्या समाधान गर्न सरकारलाई दवाव दिने, एमसिसी सम्झौता खारेजीको माग गर्दै सङ्घर्ष गर्ने र संगठन बिस्तार, संगठन पुनर्निर्माण गर्ने लगायतका निर्णयहरु गरिएका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको संगठन निर्माण, सदस्यता वितरण गर्ने ,जवस मोर्चाका संगठन विस्तार, भेलार सम्मेलन गर्ने निर्णय गरेकाे छ ।
सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा चिन्तक दिएकाे जानकारी अनुसार बैठकले गरिब किसानका समस्या, मलखाद नपाउने समस्या समाधान गर्न सम्कन्धित निकायको ध्यानाकर्षण गराउने र किसानलाई मल खाद विउ बिजनको उचित व्यवस्थापनका लागि स्थानिय सरकार ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।
बैठकमा विशेष अतिथि मोहन वैद्य किरणले समसामयिक राजनीतिक विषयसहित वैचारिक, राजनीतिक हत्वकाे प्रशिक्षणात्मक मन्तव्य राख्नुभएकाे थियाे ।
कृष्ण सामुदायिक वन उपभोक्ता समिती अधक्ष्य दान बहादुर बोहरा सा.व का पदाधिकारीले क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश बैठकका लागि आउनु भएका महासचिव किरणलाई स्वागत गर्दै खादा ओढाएर फुलमाला लगाई सम्मान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर