सबैले अवश्य मर्नुपर्छ , तर मर्नुको अर्थ फरक फरक हुन्छ । प्राचीन चिनिया साहित्यकार जुमा चेनले भनेका थिए , “ सबैमाथि मृत्यु आए तापनि यो ताई पहाडभन्दा गह्रौं अथवा प्वाँखभन्दा हलौं पनि हुन सक्छ ।“ जनताको निम्ति मर्नु ताई पहाडभन्दा गह्रौं हुन्छ , तर फासिष्टहरुको निम्ति काम गर्नु र शोषक र थिचोमिचो गर्नेछहरुको निम्ति मर्नु प्वाँखभन्दा पनि हलौं हुन्छ ।“
– माओ त्सेतुङ , “ जनताको सेवा गर “ ( सेप्टेम्बर ८ , १९४४ ) ।
वास्तवमा दर्शनशास्त्रका प्राध्यापक डा. अबिमेल गुज्म्यान रेनोसो अर्थात् पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथ ( सेनडेरो लुमिनोसो ) का अध्यक्ष कमरेड गोञ्जालो कमरेड माओकै शब्दमा साँच्चिकै ताई पहाड ( विश्व कै सबैभन्दा उच्च शिखर सगरमाथा ) भन्दा पनि गह्रौं मृत्युवरण गर्नु भएको छ । किनभने कमरेड गोञ्जालो महान् पेरुको सशस्त्र जनयुद्धको नेतृत्व गरिरहे कै अवस्थामा, जब पेरुभियाली जनयुद्ध प्रत्याक्रमणको अवस्थामा पुगेर केन्द्रीय सत्ता कब्जा गर्नको निम्ति तयारी योजना बनाइरहेको अवस्थामा राजधानी लिमाबाट सन १९९२ सेप्टेम्बर १२ का दिन अमेरिकी साम्राज्यवादको तत्कालीन
कठपुतली फुजिमोरी प्रतिक्रियावादी सरकारले आफू एक्लैले नसकेर अमेरिकी साम्राज्यवादको सहयोगमा , अमेरिकी सेनाको सहयोगमा गिरफ्तार गरेर सैनिक जेलमा
नजरबन्द गरेको थियो र उहाँलाई आजीवन कारावासको फैसला सुनाएको थियो ।
त्यसयता २९ वर्षसम्म अमेरिकी पिठ्युँ पेरुको प्रतिक्रियावादी सरकारले पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ सैनिक जेलको पिंजडाघरमा कैदी नम्बर १५०९ को बन्दी बनाएर राख्दै आएको थियो । उहाँ लामो समयदेखि छालाको क्यान्सर रोगले पीडित हुनुहुन्थ्यो, तर प्रतिक्रियावादी पेरु सरकारले उहाँको उचित उपचार गर्ने मौका नदिएर धेरै वर्षदेखि उहाँको जीवन असुरक्षित बन्न पुगेको थियो । त्यस प्रकारको अवस्थामा पुगे पछि विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरु र मानवअधिकारवादी संघसंस्था र व्यक्तिहरुले कमरेड गोञ्जालोको जीवनरक्षाका लागि विश्व्व्यापी रुपमा आवाज उठाउँदै आएका थिए ।
तर गिरफ्तार भएको २९ वर्ष पुग्न १ दिन मात्र बाँकी रहे कै बेला यही सन २०२१ सेप्टेम्बर ११ दिन कमरेड गोञ्जालोको अमेरिकी पिठ्युँ पेरु सरकारको एक सैनिक
अस्पतालमा उपचार कै क्रममा ८६ वर्षको उमेरमा दुखत निधन भएको ।
कमरेड गोञ्जालोको निधनले विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिस्टहरु र आम मुक्तिकामी जनसमुदायलाई स्तब्ध र दुखित तुल्याउनुका साथै अपूरणीय क्षति पुर्याएको छ
। पेरुका क्रान्तिकारी माओवादीहरु र आम पेरुभियाली मुक्तिकामी जनताले आफ्नो क्रान्तिकारी योध्दा , नेता त भर्पर्दो अविभावक गुमाएका छन् भने विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिस्टहरुले एक सिध्दान्तनिष्ट गुरु , सिध्दान्तकार र असल अविभावक गुमाएका छन् । र यश सोकलाई शक्तिमा बदलेर उहाँका सपनाहरु पुरा गर्ने बचनबध्दता प्रकट गरिरहेका छ । र कमरेड गोञ्जाल‍ो प्रति उच्च सम्मान गर्दै अलविदाको लाल सलामी टक्र्याइरहेका
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कमरेड गोञ्जालोले महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । उहाँकै नेतृत्वमा पेरु कम्युनिस्ट पार्टी “साइनिङ पाथ “ सन १९८० देखि सन १९९२ सम्म जम्मा १२ वर्षमा पेरुमा सशस्त्र जनयुद्ध सञ्चालन भएको थियो ।
१२ सेप्टेम्बर १९९२ का दिन अमेरिकी कठपुतली फुजिमोरीको प्रतिक्रियावादी सरकारले राजधानी लिमाबाट कमरेड गोञ्जालोलाई गिरफ्तार गरि सैनिक जेलमा कैदी नम्बर १५०९ को बन्दी बनाएर कैद गरि आजीवन कारावासको सजाय सुनाए पश्चात् पेरुको सशस्त्र जनयुद्धले सेडव्याक खान पुग्यो । कमरेड गोञ्जालोले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा दिएको योगदानको चर्चा गरिरहँदा संक्षिप्त रुपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट
आन्दोलनको छोटो चर्चा गर्दा सान्दर्भिक नै होला ।
(१) अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास भनेको कम्युनिस्ट आन्दोलन भित्र माक्र्सवाद र संशोधनवादका बीचमा चलेको भीषण दुई लाइन संघर्षको इतिहास हो ।
सन १८४६ मा कम्युनिस्ट लिगको गठन भएको थियो । यो नै कम्युनिस्ट पार्टीको पहिलो संगठन हो । सन १८३७ मा कम्युनिस्ट लिगको लण्डनमा पहिलो महाधिवेशन सम्पन्न
भयो । त्यसमा कार्ल माक्र्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) ले भाग लिनु भयो । उक्त महाधिवेशनले माक्र्स र एंगेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मा दियो । उहाँहरुले एक वर्ष लगाएर तयार पारेको उक्त मस्यौदालाई सन १८४८ फेब्रुअरी २१ दिन कम्युनिस्ट लिगको तर्फबाट लण्डनमा
कम्युनिस्ट घोषणापत्र जारी गर्नु भयो । त्यस पछि विश्व सर्वहारा वर्ग। र , समस्त श्रमजीवी वर्गले आफ्नो वर्गको मुक्तिको पथप्रदर्शक सिध्दान्त प्राप्त गर्न सफल भयो ।

सन १८५२ मा माक्र्स – एंगेल्सले कम्युनिस्ट लिगलाई विघटन ग्रनु भयो । र, सन १८६४ मा पहिलो अन्तर्राष्ट्रियको गठन गर्नु भयो । त्यसमा लासाल , प्रुँधो जस्ता अवसरवादी र बाकुनियन , ब्लांकी जस्ता अराजकतावादीहरु उक्त अन्तर्राष्ट्रियम घुस्न पुगेपछि
माक्र्सले सन १८७२ मा पहिलो अन्तर्राष्ट्रियटको पनि विघटन गरिदिनु भयो । सन १८७१ मा महान् पेरिस कम्युनको निर्माण भएर ७२ दिन पछि पेरिस कम्युनिस्ट ढलेको भए पनि पेरिस कम्युन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक युगान्तकारी परिघटना थियो
। महान् पेरिस कम्युनको असफलताबाट समेत शिक्षा लिदै माक्र्स – एंगेल्सले माक्र्सवादक‍ो रक्षा , प्रयोग र विकास गर्ने कार्यलाई अगाडि बढाउनु भयो ।
तर सन १८८३ मार्च १४ का दिन लण्डनमा माक्र्सको दुखत निधन भयो । माक्र्सको निधनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले अपूरणीय क्षति बेहोर्न बाध्य भयो । त्यसपछि माक्र्सवादको रक्षा , प्रयोग र विकास गर्ने ऐतिहासिक कार्यभार एंगेल्सको काँधमा आयो ।
सन १८८९ मा एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन गरियो । सन १८९५ अगस्त ६ का दिन एंगेल्सको पनि निधन भयो । उहाँको निधनले अन्तर्राष्ट्रिय कम्युनिस्ट
आन्दोलनमा गंभीर क्षति पुर्यायो ।
एंगेल्सको निधन भएको ठिक एक वर्ष पछि दोस्रो अन्तर्राष्ट्रियको नेता बर्नस्टिनले माक्र्सवादमाथि संशोधनवाद घुसाएर माक्र्सवादमाथि भिषण हमला गरे । उनले माक्र्सवादमाथि शास्त्रीय संशोधनवादको विजारोपन गरे ।
दोस्रो अन्तर्राष्ट्रिय नेतृत्व भी . आई . लेनिनको काँधमा आयो । दोस्रो अन्तर्राष्ट्रिय पनि सन १०१४ मा विघटन गरियो ।
सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) का दिन लेनिनको नेतृत्वमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । अक्टोबर क्रान्तिकारी एक युगान्तकारी परिघटना थियो ।
सन १९१९ मा लेनिनको नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रिय ( कोमिन्टर्न ) को गठन गरियो ।
सन १९२४ जनवरी २३ का दिन लेनिनको पनि निधन भयो । लेनिनको निधनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गंभीर क्षति पुर्यायो ।
लेनिनको निधन पश्चात् तेस्रो अन्तर्राष्ट्रियको नेतृत्व गर्ने र रुसी मोडलको समाजवादलाई अगाडि बढाउने जिम्मा कमरेड स्टालिनको काँधमा आयो ।

दोस्रो विश्व युध्द चलिरहेकै अवस्थामा सन १९४३ डिसेम्बर १० का दिन स्टालिनले तेस्रो अन्तर्राष्ट्रियको पनि विघटन गर्नु भयो । त्यस पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन
नेतृत्व विहिन अवस्थामा पुग्यो । सन १९४७ मा स्टालिनले “ कोमिफर्म “ नामक अन्तर्राष्ट्रियको गठन गर्नु भयो । पछि त्यो प्रयोगमा आएन ।
सन १९५३ मार्च ५ का दिन कमरेड स्टालिनको मृत्यु भयो । स्टालिनको मृत्युले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुर्यायो ।
यसको ठिक तीन वर्षपछि सन २९५६ मा रसियन कम्युनिस्ट पार्टी ( बोल्सेविक ) २० मात्रा हाधिवेशनको आयोजना गरियो । उक्त महाधिवेशनमा महासचिव निकिता ख्रुश्चोवले आधुनिक संशोधनवाद घुसाएर माक्र्सवाद – लेनिनवादमाथि भीषण हमला बोलेर प्रतिक्रान्ति गरेर रुसमा पुँजीवादको पुनःस्थापना गरियो । यसरी ख्रुश्चोवलाई आधुनिक संशोधनवादका पिता भनिन्छ ।
ख्रुश्चोवी आधुनिक संशोधनवादको कमरेड माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्र महान् बहस चलाउनु भयो ।
अर्कोतिर सन २९५६ मा चीनमा आठौं महाधिवेशनको आयोजना गरियो । चीनमा पनि ख्रुश्चोवका असली चेलाहरु ल्यू शाओ ची र देङ शाओ पिङ गुटले पुँजीवादी कार्यदिशा घुसाए पछि चीनमा प्रतिक्रान्ति हुन गई पुँजीवादको पुनःस्थापना हुन गयो ।
चीनमा पार्टी भित्र र सत्ता भित्र घुस्न सफल भएका दक्षिणपन्थी संशोधनवादीीीहरुका विरुद्ध “ हेडक्वाटरमा बमबाडी “ गर भन्ने मूल नाराका सन १९६६ देखि १९७६ सम्म महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नु भयो र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिध्दान्त प्रतिपादन गर्नु भयो
सन १९७६ सेप्टेम्बर ९ का दिन कमरेड माओको पनि मृत्यु भयो । कमरेड माओको मृत्युले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति हुन गयो । कमरेड माओको मृत्यु भएको ठिक एक महिनना पछि “ ग्याङ अफ फोर “ का ४ रै जना नेताहरु चाङ चुङ चियाओ , चियाङ चिङ , वाङ हुङ वेन र याओ वेन युआनलाई गिरफ्तार गरेर आजीवन जेलमा कोचेर चीनमा प्रतिक्रान्ति गरियो र पुँजीवादको पुनःस्थापना गरियो ।
(२) अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कमरेड गोञ्जालोको योगदान रुस र चीनमा भएको प्रतिक्रान्तिका परिघटनाहरुले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व वैज्ञानिक समाजवादमा गंभीर धक्का मात्रै पुग्न गएन कि विश्व समाजवादी शिविर ढल्न पुग्यो । त्यस प्रकारको नकारात्मक परिघटनाबाट एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन नेतृत्व विहिन हुन पुग्यो भने अर्कोतिर विश्वभर समाजवादी राज्यहरु ढल्न पुगे पछि त्यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र आकांक्षा राख्नु भएन । देश , जनता र जनताको मुक्ति , जनता कै सुखसुविधा प्रगतिका निम्ति आफ्नो जीवनलाई कठोर भन्दा कठोर जेल जीवन , त्यसमा सैनिक जेलको पिंजडा भित्र कैद गरिदा पनि कहिल्यै विचलित हुनु भएन । साथै घर परिवार र सन्तानहरुको स्वार्थमा रत्तिभर डुब्नु भएन । सैनिकहरुद्वारा दिइएका पाशविक भौतिक तथा मानसिक यातनाहरुबाट कहिल्यै विचलित हुनु भएन । आफ्नो जीवन आफ्नो व्यक्तिगत सुखसुविदा र यैयस आरामभन्दा उहाँले देश , जनता र क्रान्तिको स्वार्थ भन्दामाथि कहिल्यै राख्नु भएन महान् क्रान्तिकारी योध्दाको अनुपम उदाहरण प्रस्तुत गर्न संसार भरका कम्युनिस्ट क्रान्तिकारी कम्युनिस्टहरू र सर्वहारा श्रमजीवी जनताको लागि अति सफल हुनु भएको छ ।
तर नेपालका कम्युनिस्ट आवरणका नेताहरूले भने एउटा पक्षले ऐतिहासिक झापा विद्रोहको व्याज खाएर घोर प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्न पुगेर जनघात र राष्ट्रघातका श्रृङखलाहरु थपिरहेका छन् ।
अर्को तप्काले महान् दस वर्षे जनयुद्धको व्याज खादै प्रतिक्रियावादी सत्ता सहभागी हुँदै आएको छ कम्युनिस्टहरू बदनाम गरिरहेको छ र घोर प्रतिक्रियावादी संसदीय व्यवस्थालाई बलियो बनाउन जीवन मरणको संघर्ष गरिरहेको छ ।
नेपालका कम्युनिस्ट आवरण भित्रका कम्युनिस्ट नेताहरु प्रतिक्रियावादमा रुपान्तरण भएर निहित व्यक्तिगत स्वार्थका लागि जे गर्न पनि तयार हुने , परिवारवाद , फरियावादमा चुर्लम्मै डुबेर नेपाली कम्युनिस्टहरूको संसार सामु बदनाम गराइरहेका छन् ।
यिनीहरू नैट आज संसारका सबैभन्दा भ्रष्ट नेताहरुको लिस्टमा आफ्नो नाम लेखाउन र देखाउन सफल भएका छन् ।
नेपालका कम्युनिस्ट आवरणका नेताहरु सत्ताको नेतृत्व गरिरहेको बेला र पार्टीको नेतृत्व दवजने मौका पाएको बेला देश र जनताको खरबौ रमक आफ्नो बनाएर संसार कै धनी नेता बन्न पुगेका छन् । र, यसरी जनताको सम्पतिमाथि हाली मुहाली गरेकोमा कुनै लाज घिन छैन । त्यसैमाथि आफूलाई गौरवशाली जीवन निर्माण गरेको ठान्ने भएका छन् ।
पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार हुने , देशका नदी – नाला बेच्ने , देशको सिमाना समेत बेच्न तयार हुने आफ्नो निहित व्यक्तिगत स्वार्थपूर्तिका लागि वैदेशिक शक्तिहरुका सामु लम्पसार परेर आत्मसमर्पण गर्नेहरु आफूलाई कम्युनिस्ट भनिरहन , कम्युनिस्ट पार्टीको झण्डा फहराउन नछाडे कम्युनिस्ट आवरण भित्रका नेपालका नेताहरूले कमरेड गोन्जालोबाट सिक्ने विषयहरु के के होलान् ? यी प्रश्नहरुको ठिक जबाफ के होला भने नेपालका कम्युनिस्ट आवरणका नेताहरुको मृत्यु प्वाँख भन्दा हलौं हुनेछ ।
अलविदा कमरेड गोन्जालो ।
(लेखक अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्) ।

प्रतिक्रिया

सम्बन्धित खवर