इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष दुःखीलाई मातृशाेक

इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष दुःखीलाई मातृशाेक

काठमाडौं । इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दु:खीलाई मातृशाेक परेकाे छ । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य समेत रहनु भएका अध्यक्ष दुःखीकी ममतामयी आमा लक्षिमादेवी पाैडेलकाे ८१ बर्षकाे उमेरमा निधन हुन पुगेकाे छ । उहाँकाे आज दिउसाे १ बजे दाङकाे तलसीपुर-५, नामिपुरस्थित आफ्नै निवासमा निधन हुन पुगेकाे हाे । उहाँकाे आजै पातुखाेला घाटमा अन्तिम दाःहसंस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।
क्रान्तिकारी पत्रकार महासंघका सल्लाहकार, अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव समेत रहेका दुःखीले एक बर्षअघि मात्र बुबालाई गुमाउनु परेकाे थियाे । र, त्यसकाे केही समय पहिले भाइलाई गुमाउनु परेकाे थियाे ।