नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा क. लक्ष्मीदेवी पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा क. लक्ष्मीदेवी पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

 

आस्विन ५ दांग ।

नेकपा (क्रान्तिकारी माओवादी) पार्टी सदस्य तथा पार्टीका केन्द्रीय समितिका सदस्य क. हीरामणि दु:खीकी आमा लक्ष्मीदेवी पौडेलको ८१ वर्षको उमेरमा निधन भउको छ । उहाँको निधनप्रति भावपूर्ण ऋ अर्पण गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा निम्न श्रद्धाञ्जली वक्तव्य प्रकाशित गरिएको छ :

श्रद्धाञ्जली वक्तव्य

आज २०७८ असोज ५ गते दाङ्ग तुल्सिपुर निवासी लक्ष्मीदेवी पौडेलको ८१ वर्षको उमेरमा निधन भयो । उहाँले कम्युनिस्ट पार्टीको सदस्य र वर्गसचेत महिलाको हैसियतले पार्टीद्वारा सञ्चालित जनयुद्ध लगायत सङ्घर्षका विभिन्न कार्यक्रमहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको थियो । उहाँ हाम्रो पार्टीका केन्द्रीय समितिका सदस्य क. हीरामणि दु:खीकी आमा हुनुहुन्थ्यो । उहाँको निधनबाट हामी अत्यन्त दु:खित भएका छौं । उहाँ दुई छोरा र तीन छोरीकी आमा हुनुहुन्थ्यो । उहाँका बुहारीहरु, जुवाइँहरु, नाती नातिनाहरु र पनाति पनातिनाहरु हुनुहुन्छ । हाम्रो पार्टी क. लक्ष्मीदेवी पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, पार्टी क. हीरामणि दु:खी लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
५ असोज २०७८

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)