
काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासंघ र क्रान्तिकारी पत्रकार महासंघद्वारा जनसांस्कृतिक महासंघका महासचिव तथा क्रान्तिकारी पत्रकार महासंघका सल्लाहकार संयाेजक हिरामणि दुःखीकी ममतामयी आमा लक्षिमादेवी पाैडेलकाे निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएकाे छ ।
जनसांस्कृतिक महासंघका उपाध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारी र पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले छुट्टाछुट्टै शाेक वक्तव्य जारी गर्दै लक्षिमादेवी पाैडेलकाे निधनप्रति गहिराे दु:ख व्यक्त गरिएकाे छ । शाेक वक्तव्यमा मृतक पाैडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कमरेड हिरामणि दु:खी लगायत शाेक सन्तप्त परिवारजनप्रति गहिराे समवेदना प्रकट गरिएकाे छ ।
इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य समेत रहनु भएका हिरामणि दु:खीकी आमा पाैडेलकाे ८१ बर्षकाे उमेरमा आज दिउसाे १ बजे दाङकाे घाेराहीस्थित आफ्नै निवासमा निधन हुन पुगेकाे थियाे ।उहाँकाे आजै पातुखाेला घाटमा अन्तिम दाहसंस्कारसहित अन्त्यष्टी गरिएकाे छ ।