डा ओम गुरुङले हिन्दु धर्म उरावहरुको आफ्नो जातीय धर्म होइन. त्यसैले अहिले सुरु भैरहेको २०७८ सालको राष्ट्रिय जनागनामा उरावहरुले आफ्नो धर्म हिन्दु लेखाउनु हुदैन भन्नु भएको छ । उक्त कुराले उहाले नेपाल झाँगड –उराव युवा मोर्चा कुदुख्खा भाषा उत्थान मंचद्वारा हिजो अशोज ४ गते सुनसरी जिल्लाको कोशी गाउ पालिका अन्तर्गत कुसाहा गाउमा आयोजित उरावहरुको सांस्कृतिक पर्व करम पूजा समारोहको अवशरमा बिशिस्ट अतिथिको रुपमा पर्ब समारोहका सहभागीहरुलाई बिशेष सम्बोधन गर्दा भन्नु भएको हो । त्यस अवशरमा उहाले उरावहरुको आफ्नो धर्म सरन धर्म हो । उनीहरु प्रकृतिको पूजा गर्छन । द्राविड परिवारको सन्तान हौ भन्ने, द्राविड भाषा परिवारसंग मिल्ने कुदुख्खा भाषा बोल्ने, धरमेशबल र जितिया डाहलाइ कुलदेव र सिनागीदायलाइ शक्ति देवीको रुपमा मान्ने, सरुवा र कदमको रुखको पूजा गर्ने, करम पुजा, सिरुवा र जितियालाइ आफ्नो जातीय पर्वको रुपमा मान्ने, तर दशैँ नमान्ने उरावहरु कसरी हिन्दु हुन सक्छन र उनहिरुको धर्म हिन्दु हुन सक्छ भनी प्रश्न गर्नु भयो । उरावहरुको शारीरिक बनोट, धार्मिक संस्कार, भाषा संकृति, चाड पर्ब, रिति रिवाज, खानपिन कुनैपनि विशेषताले उरावहरु हिन्दु हुन् र उनीहरुको धर्म हिन्दु हो भन्ने जनाउदैंन । आफ्नो सत्ता टिकाउन र राजनीतिक शक्ति मजबूत पार्न हिन्दु शाशकहरुले गैर हिन्दु माथि हिन्दु धर्म थोपरेकोले नेपालको अन्य जनजातिहरु जस्तै हिन्दु धर्मको चपेटामा नराम्रोसंग उरावहरुपनि परेका छन् । हिन्दु धर्म, संस्कृति र खस नेपालो भाषाको प्रभावले अहिले उरावहरुको धर्म, संस्कृति र भाषा हराउदै गएको छ । आफ्नो जातीय धर्म, संस्कृति र भाषा बचाउन उराव युबाहरु जाग्नु पर्छ., किनकी हिन्दु धर्म, संस्कृति र खस नेपालो भाषाको प्रभावले उरावहरुको जातीय पहिचान खतरामा पारेको छ.। त्यसैले अहिले हुने २०७८ सालको राष्ट्रिय जनगणनामा उरावहरुले आफ्नो धर्म हिन्दु लेखाउनु हुदैन । त्यसको ठाउमा कुल धर्म जे हो त्यही लेखाउनु पर्छ । त्यसैगरी, पुर्खौली भाषाको ठाउमा पनि कुदुख्खा र मातृभाषाको ठाउमा पनि कुदुख्खा नै लेखाउनु पर्छ । यसबारे उराव युवाहरुले अभियान नै चलाउनु जरुरि छ. । त्यसै सन्दर्भमा डा. गुरुंगले २०६२/०६३ को जनान्दोलन पछि बनेको नेपालको संविधानले पनि हिन्दु धर्म र खस नेपाली भाषालाई नै प्राथमिकता दिएको छ । यो संविधानले आदिवासी जनजातिहरुको पहिचानलाइ स्वीकार नगरेको, वर्ग, जाति, भाषा, धर्म संस्कृति, क्षेत्र र लिङ्गको आधारमा राज्यले ऐतिहासिक कालदेखि गरी आएको बिभेद र उत्पीडनलाइ निरन्तरता दिएकोले यस्तो संविधानलाई हामी आदिवासी जनजाति लगायत उत्पीडित वर्ग, समुदाय, क्षेत्र र लिङ्गका जनताहरुले स्वीकार गरेका छैनौ र यस्तो विभेदकारी संबिधानलाइ खारेज गरी जनताको हक अधिकार र पहिचान सुनिस्चित गर्ने नया जन संबिधान लेख्ने आन्दोलनलाई निरन्तरता दिएका छौ ।

एक अर्को सन्दर्भमा डा गुरुंगले अहिलेको सरकार नोकरशाही दलाल पुजीपतिहरुको सरकार हो । यो सरका देश र जनताप्रति एक रतिपनि चिन्तित छैन । यिनीहरुको काम बिदेशी शक्तिहरुलाइ खुसि पारी आफ्नो सरकार टिकाउने र देशको सम्पत्ति ब्रह्लूत गर्ने बाहेक अरु केही छैन । यिनीहरु अमेरिकी साम्राज्यवादलाई खुसि पारेर आफ्नो सरकार र सत्ता टिकाउन बिकासको नाममा एम.सी.सी जस्तो राष्ट्रघाती सम्झौता नेपालमा लागु गराउन मरिहत्ते गरेका छन् । तर नेपाली जनताले त्यसको कडा प्रतिकार गरिराखेका छन् । यसबारे हामी आदिवासी जनजातिहरु पनि सचेत भै एम.सी.सी को बिरोध गर्न आवश्यक छ । किनकी यो देशका गद्दार शाषकहरुसंग मिलेर हामी यो देशको भुमिपुत्र भन्नेहरुको भुमिमाथि अमेरिकी साम्राज्यवादले कब्जा गर्न र हाम्रा प्राकृतिक श्रोतको दोहन गर्न खोजिरहेको छ ।. यदि एम.सी.सी लागु भयो भने हाम्रो देश रहने छैन र देश नरहे हामी पनि रहने छैनौ ।. त्यसैगरी भारतीय विस्तारवादले कब्जा गरेको हाम्रो भुमि लिपुलेक, कालापानी र लिम्पियाधुरा अझैसम्म फर्काएको छैन । बरु भारतले हाम्रो देशको ७२ ठाउमा सीमा अतिक्रमण गरेर सिमावर्ती क्षेत्रहरुमा बस्ने हाम्रा नेपाली दाजुभाई दिदि बहिनीहरुलाई सदा आतंकित पारेको छ. । तर हाम्रो देशको लाक्षी सरकार त्यसबारे केहि बोल्दैन । त्यसैले भारतीय हस्तक्षेपको पनि हामीले हामीले कडा भन्दा कडा बिरोध गरिरहेका छौ र विरोधलाई जनजातिका सबै क्षेत्रहरुमा पुराउने प्रयत्न गरिराखेका छौ ।

नेपाल उराव–झाँगड युवा मोर्चा कुदुख्खा भाषा उत्थान संरक्षण मंचका अध्यक्ष देव नारायण   उरावको अद्यक्षता र कोशी गाउपालिकाका अध्यक्ष आयुग अन्सारीको प्रमुख आतिथ्य तथा बिर्सुलाल उरावको संचालनमा भएको उक्त पर्ब समरहोमा शिब उरावले स्वागत भाषण गरेका थिए भने कोशी गाउपालिकाका अक्ध्यक्ष आयुग अन्सारी, उपाद्यक्ष अनिता यादव, ३ नम्बर वार्ड अध्यक्ष सुर्य मन्सुरी नेपाल झाँगड–उराव कोद्रेम सुधारा केन्द्रिय कार्य गुठियाराका संस्थापक अध्यक्ष छबिलाल उराव तथा बर्तमान अद्यक्ष दिपेन्द्र उराव, सांकृतिक समितका सदस्य बत्तिदेवी उराव, भारत पुर्णिमाबाट आएका अतिथि बिजय उराव लगायत अन्य उराव अगुवाहरुले शुभ कामना मन्तब्य दिएका थिए । उक्त पर्ब समारोहमा उराव कलाकारहरुले रोचक गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर