बाँकेको नेपालगञ्जमा २२ दलीय संयुक्त जुलुस सहित विरोध कार्यक्रम सम्पन्न

बाँकेको नेपालगञ्जमा २२ दलीय संयुक्त जुलुस सहित विरोध कार्यक्रम सम्पन्न

भदौ ३० बाँके ।
बाइस दलीय संयुक्त मोर्चा अन्तर्गतको बाँकेको नेपालगन्जमा ८ दलको संयुक्त जुलुस सहित विरोध सभा सम्पन्न भएको छ । राष्ट्रघाती एम.सी.सी सम्झौता खारेजीको माग गर्दै उक्त विरोध कार्यक्रम सम्पन्न भएको हो ।


उक्त विरोध सभाको अध्यक्षता नेकपा माओवादी केन्द्र समाजवादीका नेता शालिकरामले गर्नु भयो भने कार्यक्रमको संचालन नेकपा मसालका नेता जगदीश ढकालले गर्नु भएको थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईले कार्यक्रमको दहिलो उघार्दै एमसिसि सम्झौता नेपाली स्वाधीनताको अगाडि भिमकाया पहाड जत्तिकै गरि ठुलो समस्याको रुपमा उभिएको छ यसलाई पल्टाउनका निम्ति एउटा राजनीतिक दल मात्रले सम्भव छैन यसकारण सयुक्त मोर्चामा सम्पूर्ण देशभक्त क्रान्तिकारी व्यक्ति वा दलहरु गाउँदेखि शहरसम्म जुट्दै आन्दोलनको आँधीवेहरी सृजना गर्नुपर्ने आवश्यक्ता रहेको कुरा प्रस्ट पार्दै सम्पूर्ण जनसमुदायलाई जनआन्दोलनमा लामबद्द हुन आवहान गर्नुभयो । यतिमात्र नभई एमसिसि सम्झौता खारेज गर्न अन्तरास्ट्रिय जगतमा पनि कुटनैतिक पहल गर्न आवश्यक रहेको कुरा माथि जोड दिनुभयो भने दलालहरुले यदि यो सम्झौता खारे नगरे नेपाली जनताले उनीहरूका टाउका काटेर सडकमा फुटबल खेल्ने कुरा दर्शाउदै होसियार रहन सुझाउनुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी ) का पिवीएम एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेले सम्बोधनका क्रममा एमसीसी राष्ट्रघाती भएको कुरा थुप्रै तथ्यहरुले पुष्टि गरिसकेको छ । अबको बहस एमसीसी इण्डो–प्यासिफिक स्ट्राटेजीको अंग हो या होइन र यो राष्ट्रघाती छ वा छैन भन्ने कुरामा होइन । अब यो इण्डो–प्यासिफिक स्ट्राटेजीको अगं हो । राष्ट्रघाती पनि छ । जनता पनि यसका विरुद्धमा सडक संघर्षमा आइसकेको अवस्था हो भन्ने कुरा प्रस्ट पार्नुभयो ।
त्यसैगरी कार्यक्रम मसालका नेता एवं प्रतिनिधि तुलसी सापकोटा , देजमोका केन्द्रीय सदस्य, नेकपा ( माओवादी केन्द्र समाजवादी ) का नेता नरेश शाही लगायतका नेताहरूले पनि सम्बोधन गर्नु भएको थियो ।