पहिले भने सुन साथी आफ्नै कथा सुनाएँ
यो सालको तिजमा देशको व्यथा रुँदै बनाएँ

हामी सँधै परेका छौं सरकारकै भर
कहाँ गए सीमानाका जङ्गे पिलर

इतिहासमा नपल्टेका पाना खोज्दै जानु छ
मिचिएका सीमाहरु फिर्ता लिनु छ

खुल्ला सीमा राख्नुहुन्न बउडर सील गरौं ल
मातृभूमि बचाउनलाई अघि सरौं ल

चार जात छत्तिस वर्ण एउटै माला फूलको
सबले पिउनुपर्छ पानी एउटै मूलको

महिला नेता धेरै भए नीति भने के हो खै ?
महिला हिंसा अत्याचार उस्तै रह्यो है ।

छाउपडी र दाइजो पर्था बोक्सी आरोप खेप्या छन् ।
अन्याय र अत्याचारमा धैरैजसो महिला पर्याछन् ।

मन्दिर पस्दा पानी छुँदा दलित माथि कार्वाही रे
यस्तो पनि हुँदो रैछ लोकणतन्त्र रे

युवा शक्ति विदेशीय बेरोजगारी बढेर
औकात भन्दा माथि चढ्यो महंगी बढेर

जग्गाधनी पुर्जा छैन सुकुम्बासीहरुको
डिग्री पास नि बेरोजगार कस्तो शिक्षा यो ।

कर्मचारी मन्त्रीको तलव सधै बढ्या छ
महिला मज्दुर श्रमिकको ज्याला घट्या छ ।

चाहिँदैन नेता हामीलाई कुर्सी मात्र सजाउन
आवश्यक्ता परेको छ देश बचाउन ।

जि.एम. आर. र सतलजले नदी नाला खाईदियो
जलस्रोत कब्जा गर्न भारत आइदियो

भारतले नेपाललाई बनाउँदैछ बर्बाद
सबै मिलि हामीले अब गरौं खवरदार

अमेरीका नेपाल आइ सबै कुरा लुट्दैछ
एम.सी.सी.को संझौताले देश डुब्दैछ

पाँच हजार सेनाहरु नेपाल आई बस्ने रे
एम.सी.सी.को निर्देशनमा देश चल्ने रे ।

अमेरिकाको गिद्दे नजर नेपालमा पर्दैछ
अफगानस्थान, सिरिया झैं नेपाल बन्दैछ ।

राष्ट्रघाती सरकारलाई सबै मिलि हटाऔं
एम.सी.सी. खारेज गरि देश बचाऔं ।

प्रतिक्रिया

सम्बन्धित खवर