हजुर, म रिक्सावाल
दिनभर रिक्सा तान्छु
दुई-चार रुप्पे जुटे
गोडाएक रोटी खान्छु
बालबच्चाको जिन्दगी
यसैमा धान्छु
रिक्सा मेरो प्राण हो
पाखुराको बल नै
मेरो सम्पत्ति
हजुर, म रिक्सावाल ।

म दिनभर रिक्सा तान्छु
औसर मिले गोडाएक रोटी खान्छु
नमिले भोकभोकै तान्छु
दिनभर रित्तो हुँदा
साँझ मालिकको गाली खान्छु
भोलि फेरि रिक्सा पाउँदिन“ कि भन्ने
त्रास र आसमा बा“च्छु
म बूढो रिक्सावाल ।

साँझ गु“डमा पुग्दा
चुलो चिसै रहेको पाउ“छु
आज त बाबाले केही मिठो कुरा
ल्याऊलान् भन्ने आशमा बसेका
बबुराहरु खिस्रिक्क पर्दा
आप्mनै पुर्पुरो छाम्छु
अनि भाग्य र कर्म के रहेछ भन्दै
गर्कच्चा लाउ“छु
हजुर म रिक्सावाल ।

दिनभर दाया“-बाया“
मान्छे ढुकेर बस्छु
परबाट मान्छेले बोलाउ“छ
ए, रिक्सावाल !
कान ठाडा पार्छु,
आ“खा ऊतिर हुत्याउ“छु
पैडलमा खुट्टा राख्दै
रिक्सा उतैतिर तान्छु
मान्छे सोध्छ-
‘कति लिन्छस् भाडा ?’
जवाफ दिन्छु-
‘लागेको रेट’
मान्छेले सोच्छ-
‘यो त भृकुटीमण्डपको फेन्सीदुकान हो’
सोच्छु
हो त नि
मेरो पसिना मान्छेहरुका लागि
फेन्सीदुकानै त हो
एकछिन बार्गेनिङ चल्छ
झस्कन्छु
कतै आजको दुईटा रोटी फुत्केला !
मर्जी होस् भन्दै
म बूढो रिक्सावाल,
मान्छेहरुलाई रिक्सामा राखेर
सकिनसकी तान्छु
हजुर म रिक्सावाल ।

म दिनभर रिक्सा तान्छु
मेरो नामै रिक्सावाल
मेरो जातै रिक्सावाल
मेरो थर र वणर् पनि रिक्सावाल
मलाई तपाईं सम्बोधन
मन नै पर्दैन
मलाई कसैले पनि तपाईं नै भन्दैन
सालाखाला मान्छेहरुले मलाई
तिमी भनेर बोलाउ“छन्
‘ठूलाबडा’ मान्छेहरु
त“ भन्नै रुचाउ“छन्
त“, तिमी, तपाईंं हजुर
हाम्रो आप्mनै शब्दकोश छ
दर्जानुसार यसको प्रयोग हुन्छ ।

पसिना धेरै बगाउनेहरु
तल्लो कोटीमा पर्छन् रे
पसिना नबगाउनेहरु
माथिल्लो कोटीमा पर्छन्
हजुर म त तल्लो कोटीको
किनकि म रिक्सावाल ।
०६५/६/२२, नवलपरासी

प्रतिक्रिया

सम्बन्धित खवर