१९ भाद्र काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) निकट मजदुर संगठन, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, ३ नम्बर प्रदेश अन्तरगत विभिन्न पेशागत संघ संगठनहरुले तीव्र सांगठनिक अभियान सञ्चालन गरेका छन ।

आज कुपोन्डोल, ललितपुरमा सम्पन्न बैठकले कतिपय विगतका कमिटीहरुलाई समेत पुन:गठन गर्दै विभिन्न पेशागत संगठनका भेला आयोजक समिति गठन गरेको छ । जस अन्तरगत, प्रदिप अस्थानि संयोजक र सुजाता रोक्का सह–संयोजक रहेको ११ सदस्यीय अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघ, तेज पोखरेल संयोजक र काजि खत्री सह–संयोजक रहेको ९ सदस्यीय संघ–संस्था मजदुर संघ, रविन परियार संयोजक र नासिर अन्सारी सह–संयोजक रहेको ९ सदस्यीय गार्मेन्ट मजदुर संघ र जमालुद्दिन अन्सारी संयोजक र रामकाजि श्रेष्ठ सह–संयोजक रहेको ११ सदस्यीय ढलान मिक्चर मजदुर संघ रहेका छन ।
बैठकमा महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना प्रमुख अतिथि, पार्टी ३ नं. प्रदेश सेक्रेटरी क. प्रवेश विशेष अतिथि तथा महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघका केन्द्रीय संयोजक बालकृष्ण सिटौला अतिथि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर