काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको सरकारले विदेशी शक्तिकेन्द्रकाे नाङ्गाे तावेदारी गरेकाे छ । नेपालकाे राष्ट्रिय स्वाधीनता, सार्वभाैमिकता र अखण्डतामाथि गम्भीर आघात पुग्ने प्रावधान रहेकाे भन्दै सडकदेखि सामाजिक सञ्जालमा व्यापक रुपमा भइरहेकाे विराेधका विरुद्ध देउवा सरकारकाे गृहमन्त्रालयले शुक्रबार एक वक्तव्य जारी गर्दै खुल्लमखुल्ला अमेरिकी साम्राज्यवादकाे ताबेदारी गरेकाे छ ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पाेखरेलले जारी गरेकाे वक्तव्यमा एमसीसी सम्झाैताकाे विराेध गर्नेहरुलाई प्रचलित कानुन अनुसार कडा बारबाही गर्ने धम्की समेत दिइएकाे छ ।
यसैबीच, संसदकाे आउँदाे अधिवेशनकाे पहिलाे बैठकबाट एमसीसी सम्झाैता पास गर्ने प्रस्ताव गरिसकेका देउवाले २३ भदाैका लागि संसदकाे अधिवेशन बाेलाउने निर्णय गरिसकेका छन् । मन्त्रीपरिषद्काे सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शनिबार संसद अधिवेशनकाे अाव्हान भइसकेकाे छ । संसदकाे बैठक बाेलाउने निर्णय गर्नुअघि देउवाले सभामुख अग्नि सापकाेटासँग छलफल गरेका थिए ।
सभामुख सापकोटाले संसदमा टेवल गर्ने बित्तिकै एमसीसी पास हुने स्थितिमा रहेकाे एक सांसदले बताए ।
उता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउँदै छिन्। उनी आएकै माैका पारेर देउवाले संसद बैठक बाेलाएका हुन् ।
सुमारले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सत्तारूढ गठबन्धन दलका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र सांसदहरूसँग भेट्ने कार्यक्रम रहेकाे छ। लामो समयसम्म एमसिसीका विभिन्न ओहदामा रहेर काम गरेकी सुमार केही समयअघि उक्त संस्थाको उपाध्यक्षमा नियुक्त भएकी हुन्। उनी एमसीसी पास गराउन दबाब दिने उद्देश्यले नेपाल आउन लागेकाे स्राेतकाे दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर