एमसीसी पास गर्ने देउवा सरकारकाे षड्यन्त्रका विरुद्ध देजमाेसहित ११ दलले आइतबार पत्रकार सम्मेलन गर्दै

एमसीसी पास गर्ने देउवा सरकारकाे षड्यन्त्रका विरुद्ध देजमाेसहित ११ दलले आइतबार पत्रकार सम्मेलन गर्दै


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल सहित ११ दलले देउवा सरकारले राष्ट्रघाती सम्झाैता पास गर्ने षड्यन्त्र गरिरहेकाे भन्दै त्यका विरुद्ध पत्रकार सम्मेलन गर्दै छन् । उनीहरुले आइतबार विहान ११:३० मा जमलस्थित एल्लाे प्यागाेडा हाेटलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल लगायतका राजनीतिक पार्टी तथा संगठनहरुले एमसीसी सम्झाैताकाे खारेजीकाे माग गर्दै तीव्र विराेध प्रदर्शनमा उत्रदै आएका छन् ।