काठमाडौं । लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत सयाै स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेकाे छ । सीमाका नेपाली नागरिकमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)काे अत्याचार र ज्यादतीले सीमा नाघेकाे छ । महाकाली नदी तर्दै गर्दा तुइन काटिदिएर दार्चुलाका नेपाली युवा जयसिंह धामीकाे हत्या गर्ने अपराधमा संलग्न दाेषीलाई कारबाहीकाे दायरामा ल्याउनुकाे सट्टा देउवा सरकार घटनालाई ढाकछाेप गर्ने र बरु नागरिककाे ध्यान डाइभर्ट गर्न चीनसँग सीमा समस्या छ भन्दै अध्ययन समिति बनाएकाे छ ।
चीनले नेपालसँग कुनै सीमा समस्या छैन भनेकाे र नेपालकाे विगतकाे सरकार प्रमुखले पनि चीनसँग नेपालकाे कुनै सीमा समस्या छैन भनिरहेकाे पृष्ठभूमिमा देउवा सरकारले अमेरिका र भारतलाई खुशी पार्न यस्ताे अध्ययन समिति बनाएकाे संकेत पुर्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् । उनले एक कार्यक्रममा भनेका छन्- चीनसँग नेपालकाे कुनै समस्या छैन, कसलाई खुशी पार्न सरकारले अध्ययन समिति बनाएकाे हाे ?’
हुम्लाको नाम्खामा ‘विवादित’ नेपाल–चीन सीमाबारे अध्ययन गर्न भनी देउवा सरकारले सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।
नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ स्थित नेपाल-चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सदस्य रहनेछन्।
गृह मन्त्रालय स्रोतका अनुसार समितिमा रहने सदस्यको नाम पठाउन नेपाल प्रहरी, सशस्त्र र नापी विभागलाई पत्राचार गरिएको छ।
यही भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार ‘चीनसँगको सीमा समस्या’ अध्ययन समिति बनाइएको हो।
तर नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार नेपालसँग सीमा विवाद नरहेको दाबी गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर