क. गोन्जालोकोे जीवन रक्षा र रिहाइका लागि आवाज बुलन्द गरौं !


पेरु कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’का अध्यक्ष कमरेड अबिमायल गुज्मान ‘गोन्जालो’ सन् १९९२ देखि जेल जीवन बिताइरहनुु भएको छ । सन् १९९२ मा पेरूको राजधानी लिमाबाट पक्राउ गरी क. गोन्जालोलाई आजीवन कारावासको सजाय तोकिएका थियो । अमेरिकी साम्राज्यवादपरसत पेरूको प्रतिक्रियावादी सत्ताले २९ वर्षदेखि बाहिरी संसारबाट सम्बन्ध विच्छेद गराएर बन्दी बनाइएका कमरेड गोन्जालो हाल विभिन्न रोगले ग्रस्त हुनुहुन्छ । उहाँलाई पछिल्लो समयमा मानसिक र भौतिक यातना दिएर जेलमै हत्या गर्ने षड्यन्त्र समेत गरिएका समाचारहरू समेत प्रकाशमा आएका छन् । कतिपय संशोधनवादी शक्तिहरूसमेत यस्तो षड्यन्त्रमा लागेको समाचारहरु प्रकाशित भएका छन् । यस पृष्ठभूमिमा नेकपा (क्रान्तिकारी माओवादी) लगायत नेपाल तथा संसारभरका क्रान्तिकारी कम्युनिस्टहरु तथा माओवादीहरुले कमरेड गोन्जालोको जीवन रक्षा र रिहाइका लागि आवाज उठाइरहेका छन् र अमेरिकी साम्राज्यवाद परस्त पेरुको प्रतिक्रिवादी शासक र संशोधनवादी तथा सुधारवादी तत्वहरुको जोडदार रुपमा विरोध गरिरहेका छन् । सर्वहारा श्रमजीवी वर्गको मुक्तिका निम्ति सञ्चालित पेरु जनयुद्धको नेतृत्व गरिरहेको अवस्थामा पक्राउ पर्नुभएका कमरेड गोन्जालोप्रति विश्वभरका सच्चा कम्युनिस्ट क्रान्तिकारी तथा माओवादीहरुको उच्च सम्मान छ र हाम्रो प्रकाशन परिवार पनि उच्च सम्मानसहित कमरेड गोन्जालोको जीवन रक्षा र शिघ्र रिहाइका लागि जोडदार रुपमा आवाज बुलन्द गर्दछ र विश्वभरबाट जीवन रक्षा र रिहाइका लागि उठेको आवाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।
विश्वभरका श्रमजीवी सर्वहारा वर्गको मुक्तिका निम्ति वैचारिक अस्त्रको रुपमा जन्मिएको कम्युनिस्ट घोषणापत्र प्रक्षेपणको १३३ वर्ष, पेरिस कम्युनको ११० वर्ष, अक्टोबर क्रान्तिको ६४ वर्ष र चिनियाँ क्रान्तिको ३२ वर्षपछि कमरेड अभिमायल गुज्मान गोन्जालोको नेतृत्वमा सन् १९८१ मा पेरूमा जनयुद्धको थालनी भएको थियो । जीवनका ८७ वर्षमा पनि अहिले प्रतिक्रिवादी साम्राज्यवादीहरूको आजीवन काराबासमा सर्वहारा श्रमिक जनताका पक्षमा सङ्घर्षरत हुनुहुन्छ । र, संसारभरका क्रान्तिकारी कम्युनिस्ट तथा माओवादीहरुलाई उर्जा र उत्प्रेरणाको प्रतीक बनिरहनु भएको छ ।
विश्वभर मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठेकेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको अमेरिकी साम्राज्यवाद र उसको कठपुतली पेरुका प्रतिक्रियावादी शासकहरुले कमरेड गोन्जालोलाई भौतिक र मानसिक यातना दिएर ‘मानवअधिकार’ र ‘अभिव्यक्ति स्वतन्त्रता’को धज्जी उडाएका छन् । आजको २१ सौ शताब्दी, सूचना तथा सञ्चारको युगमा पनि कालकोठरीमा बन्दी बनाएर पुँजीवादी साम्राज्यवादीहरुले क.गोन्जालोको विचार र राजनीतिलाई रोक्न र छेक्न सकिने दुस्प्रयास गरिरहेका छन् । आज क. गोन्जालोको जीवन रक्षा र रिहाइका लागि संसारभरबाट उठेको आवाजले पुष्टि गर्दछ कि व्यक्तिलाई बन्दी बनाउँदैमा र हत्या गर्दैमा सर्वहारावर्गीय क्रान्ति रोकिदैन, बरु थप उर्जा र उत्प्रेरणासहित सशक्त रुपमा अगाडि बढ्छ । पुँजीवाद÷साम्राज्यवादको पतन र सर्वहारा वर्गको जनवाद÷वैज्ञानिक समाजवादको जित अवश्यम्भावी छ । समय लाग्न सक्छ अन्ततः जित श्रमजीवी सर्वहारावर्गकै हुनेछ ।
श्रमजीवी सर्वहारा वर्गको मुक्ति अभियानमा लागेकै कारण क. गोन्जालोमाथि साम्राज्यवादी पुँजीवादीहरुले गरेको अमानवीय अत्याचार र संवेदनाहिन रवैया घोर निन्दनीय र भत्र्सनायोग्य छ । कमरेड गोन्जालोको जीवन रक्षा एवम् सम्मानजनक रिहाइका निमित्त विश्वभरि चलाइएको अभियानलाई थप सशक्त बनाउन जरुरी छ । त्यसका निम्ति हाम्रो प्रकाशन परिवार सम्बन्धित सबैमा अपिल गर्दै क. गोन्जालोको जीवन रक्षा र शिघ्र रिहाइका लागि पुन ः जोडदार आवाज बुलन्द गर्दछ ।