काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाको कार्यकारी संयोजकमा मोर्चाको नेता टेक बहादुर विश्वकर्मालाई चयन गरेको छ ।

अनामनगर स्थित मोर्चाको कार्यालयमा भर्चुअल तथा प्रत्यक्ष सहभागीतामा बसेको नेपाल दलित मुक्ति मोर्चाको बैठकले प्रदेश नं. १ संयोजकमा क. लिला बहादुर विश्वकर्मा, प्रदेश नं. २ संयोजकमा क. सत्यनारायण राम र विशेष विभाग संयोजकमा क. गोपाल विश्वकमालार्ई चयन गरेको मोर्चाको कार्यालय सचिव समसेरले जानकारी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्र्टी (क्रान्तिकारी माओवादी) निकट रहेको नेपाल दलित मुक्ति मोर्चाको राष्टिय सम्मेलन २०७८ चैत ७, ८ र ९ गते (जातीय विभेद उन्मुलन दिवस–२१ मार्च)को अवसर पारेर काठमाडौंमा गर्ने जानकारी प्राप्त भएको छ ।

गत ५ गते बसेको बैठकले संगठन छाडेका र क्रियाशील नरहेका मोर्चा केन्द्रीय सदस्यहरुलाई केन्द्रिय सदस्यबाट हटाइएको छ । जसमा हरि घतानी (मकवानपुर), राम आश्रय राम (पर्सा), रेखा रम्तेल (काठमाडौं), जितेन्द्र लम्साल (परासी), चक्र बहादुर पार्की (डढेल्धुरा), रमेश बिक (बाजुरा), जीवन मंग्राती(काभ्रेपलाञ्चोक), अनिल परियार (नवलपुर), आसमान (दैलेख), बालाकृष्ण अक्षामी (नवलपुर) रहेका छन् । रित्त केन्द्रीय समितिमा ११ जनालाई थप गरिएको छ । जसमा क. जित बहादुर नेपाली (सिन्धुली), क. आवेग (काठमाडौं), क. जितमान घतानी (रामेछाप), क. सुजन रम्तेल (धादिङ्ग), क. सत्यनारायण राम (रौतहट), क. पनिलाल राम (रौतहट), क. बेदराज दियाली (काठमाडौं), क. धर्म दियाली (दार्चुला), क. विर बहादुर विश्वकर्मा (प्रवास), क. राजु मंग्राती (दोलखा), क. उमा विसुन्के (ललितपुर)लाई केन्द्रीय समितिमा थप गरिएको छ ।

मोर्चाको केन्द्रीय समितिको बैठकले पारित गरेका जानकारीहरु विज्ञप्ति मार्फत सार्वजानिक गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार