श्रावण १७ काठमान्डौ
यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतको सीमा सुरक्षा बलले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर दार्चुला जिल्लाको व्यास गाउँपालिका–२, मालघाटबाट सोही स्थान निवासी ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् । सीमा सुरक्षा बलको यस्तो आततायी घटनामा संलग्न अपराधीलाई कारवाहीको दायरामा ल्याउने काम गर्न देउवा सरकारसँग जोडदार माग गर्दै २२ राजनीतिक संगठनका तर्फबाट सीपी गजुरेलव्दारा हस्ताक्षेरित निम्न प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ :
































