
श्रावण १७ काठमान्डौ ।
यही साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका–२, मालघाट निवासी ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् ।
उक्त घटनाको वास्तविकता छानविन गरी दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै अखिल (क्रान्तिकारी)ले साउन १८ गते दिउँसो १२:०० बजे भारतीय राजदूतावासको गेट, लैनचौरमा
‘भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन’ गर्ने कार्यक्रम रहेको छ । सो जानकारी अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहालव्दारा दिइएको छ ।































