८ श्रावण काठमाडौं ।
नेपालमा गएको २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१७ हजार ३०८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् । यो अवधिमा १ हजार ६७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार