
रुसमा समाजवादी निर्माणको दोस्रो चरण अन्तरगत समाजवादी औधोगिकिकरणको चरण र कृषिको सामूहिकिकरणको चरण गरी दुई चरणमा विभाजित गरेको पाइन्छ ।
पहिलो समाजवादी औधोगिकिकरणको चरण
समाजवादी औधोगिकिकरणको चरण, सोभियत संघ त्यो समयमा अझै एउटा पिछडिएको कृषिमा आधारित देश थियो, जसको कुल उत्पादनको दुई तीहाई कृषिबाट आउने गर्दथ्यो र केबल एक तीहाई उद्योगबाट । यो भन्दा अझ पहिलो समाजवादी राज्य हुनुका नाताले, कसरी यसलाई साम्राज्यवादबाट आथिर्करूपले स्वतन्त्र बनाउने भन्ने सवाल केन्द्रीय महत्वको थियो । त्यसकारण समाजवादी निर्माणको मार्ग प्रथमत समाजवादी औधोगिकिकरणमा केन्द्रीत गर्नु पर्ने थियो । स्तालिनका शब्दहरूमा, “हाम्रो देशलाई कृषिबाट एउटा औधोगिक देशमा परिवर्तनका लागि मुटु भनेको हामी कति हाम्रो आफ्नै प्रयासद्धारा हामीलाई आवश्यक मेसिनरीहरू उत्पादन गर्न समर्थ हुनेछौ भन्ने हो र त्यही नै हाम्रो जनरल लाइनको आधार हो । यसरी प्रमुख ध्यान हेभी उद्योगमाथि थियो, जसले कृषिकालागि र अन्य उद्योगका लागि मेशिनहरू उत्पादन गर्ने छ ।”
योे नीतिले साम्राज्यवादबाट स्वतन्त्र एउटा बलियो औधोगिक आधार निर्माणमा सफलता प्राप्त भयो । यसले प्रथम विश्व युद्धमा समाजवादी आधारको रक्षागर्न सक्षम पनि बनायो । साथै साम्राज्यवादी प्रणालीको ज्यादै ठूलो अहंकारलाई प्रमाणित गर्दै एकदमै विकसित साम्राज्यवादी देशहरूभन्दा घेरै गुणा तिब्र गतिमा उद्योगहरूलाई फैलाउन सफल भयो । यसका पछाडिको प्रमुख कारक तत्व भनेको समग्र मजदुर वर्गद्धारा उत्पादन वृद्धिमा सम्पूर्ण दिल दिमागको सहभागीता थियो । एउटा त्यस्तो समय जब समग्र पुँजीवादी विश्व एउटा अति नै आर्थिक संकट मूनी पिसिइरहेको थियो भने समाजवादी उद्योग जे भएता पनि कुनै पनि समस्याविना अगाडि बढिरहेको थियो ।
यद्धपि, ठूला उद्योगको विकासको प्राथमिकतामा विशेष जोड दिइएका कारण योजनाहरूमा कृषिलाई वेवास्ता गरिएको थियो । यसरी त्यस्तो अवधि जब औधोगिक उत्पादन नौ गुणाभन्दा बढता माथि गयो, अनाज उत्पादन पाचभागको एक भागभन्दा पनि माथि जान सकेन । यसले देखायो कि कृषिको बृद्धि उद्योगको तुलनामा धेरै तल थियो । यो यसकारणले पनि भयो कि उद्योगभित्र ठूलो उद्योगले साना उद्योगले भन्दा ज्यादा तिब्र गतिमा बृद्धि गरिरहेका थिए । माओले सोभियत अर्थशास्त्रको उनको आलोचनामा, यो जोडलाई आलोचना गरेका थिए र उद्योग र कृषिलाई संगसंगै एकैसाथ प्रवद्र्धनका लागि आव्हान गरेका थिए । उद्योगभित्र उनले एकै समयमा ठूला र साना उद्योगको विकासका लागि आव्हान गरेका थिए ।
दोस्रो कृषिको सामूहिकिकरण
यो प्रक्रियाको पहिलो पाइला, साना र मध्यम किसानहरूका बीचमा पहिलो सहकारीहरूको गठनसित नेप पुनर्वहालीको अवधिमा ल्याइएको थियो । यद्धपि धनी किसानहरू जसलाई कुलकहरू भनिन्थ्यो, उनीहरूको विरोधका कारण त्यसमा चाहेजति प्रगति हुन सकेन् । यो भन्दा पनि कुलकहरूले सक्रिय विरोधको एउटा पोजिसन लिएका थिए र समाजवादी निर्माण प्रक्रियाको अन्तरध्वंस गरेका थिए । तिनीहरूले उनीहरूको बचत भएको आनाजलाई सोभियत राज्यलाई बेच्न इन्कार गरे । तिनीहरूले शहर बाहिर सामूहिक किसानहरू, पार्टी कार्यकर्ताहरू र सरकारी अधिकारहिरूका विरूद्ध आतंकित पार्ने काम गरे र सामूहिक फर्महरू र राज्य अन्न भण्डारहरू जलाइदिए । १९२७मा यो अन्तरध्वंसले गर्दा फसलको बजार सेयर पूर्व युद्धको चित्रको केबल ३७प्रतिशत थियो । यसरी पार्टीले , त्यो वर्षमा धनी किसानहरू (कुलकहरू¬)का प्रतिरोधलाई तोडन एउटा आक्रमक कार्यक्रम अपनाउने निर्णय गर्यो । गरिब किसानहरूमाथि भर पर्दै र मध्यम किसानहरूमाथि मित्रता बढाउदै पार्टीले अनाज किन्नेमा सफलता पाउन सफल भयो र सामूहिकीकरण प्रक्रियालाई अगाडि बढायो । यद्धपि मुख्य उपलब्धी १९२८को अन्त्यबाट आउन थाल्यो ।
१९२९भन्दा पहिले, सोभियत सरकारले धनी किसानहरू (कुलकहरू)लाई बन्देजको एउटा नीति अनुशरण गर्यो । यो नीतिको प्रभाव कुलकवर्गको वृद्धिलाई सम्वोधन गर्नु थियो, जसका केही भागहरू, यी बन्देजहरूका कारण उत्पन्न दवावलाई झेल्न असक्षम भए । व्यापारको मार्ग छोडन वाध्य पारिए र जर्जर भए । तर यो नीतिले कुलकलाई एउटा वर्गका रूपमा उसको आर्थिक जगहरू ध्वस्त पारेन नत तिनीहरूलाई निमिटयान्न पार्ने मनसाय नै थियो । यो नीति केही समय सम्मका लागि आवश्यक थियो, यो भनेको, जबसम्म सामूहिक फर्महरू र राज्य फर्महरू कमजोर थिए र अनाजको उत्पादनमा कुलकहरूलाई विस्थापित गर्न असक्षम थिए ।
१९२९को अन्त्यमा, सामूहिक फर्महरू र राज्य फर्महरूको वृद्धिसंगै सोभियत सरकारले यो नितिलाई कुलकहरू सखाप पार्ने नीतिमा कडाइ पूर्वक बदल्यो, एउटा वर्गका रूपमा तिनीहरूलाई ध्वस्त पार्दै, यसले जमिन भाडामा दिने लेवरहरू राख्ने कानुनलाई फिर्ता लियो र यसरी कुलकहरूलाई जमिन र लेवर भाडामा लिनेबाट वेदखल गरिदियो । यसले कुलकहरूको सम्पत्तिको कब्जामाथिको वन्देजलाई पनि हटायो । यसले किसानहरूलाई कुलकहरूबाट सामूहिक फर्महरूको फाइदाका निम्ति जनावर, मेसिनहरू र अन्य फार्म सम्पत्ति खोस्न पाउने अधिकार दियो । यसरी कुलकहरूले उनीहरूका उत्पादनका साधनहरू सबै गुमाए । तिनीहरूलाई त्यसरी नै छुटकारा गरियो जसरी १९१८मा उद्योगको क्षेत्रमा पुँजीवादीहरूलाई छुटकारा गरिएको थियो । फरक यतिमात्रै थियो कि कुलकहरूको उत्पादनका साधनहरू राज्यको हातहरूमा गएनन् तर किसानहरूको अधिनमा सामूहिक फर्महरूमा एकत्रित भयो ।
पाइला पाइलामा यो नीति कार्यान्वयनका निम्ति योजना स्विकृत गरियो । विभिन्न क्षेत्रहरूमा विद्यमान अवस्थाहरूलाई आधार वनाएर सामूहिकिकरणका फरक फरक दरहरू स्थापित गरियो र सामूहिकिकरणको पूर्णताका लागि लक्षित वर्ग निश्चित गरियो । ट्रयाक्टर्स, हार्भेष्टर्स र अन्य कृषि मेसिनरीहरूको उत्पादनमा धेरै गुणा वृद्धि गरियो । सामूहिक फर्महरूलाई दिइने राज्य रिणहरूलाई पहिलो वर्षमा नै दोव्वर गरियो । पच्चिस हजार वर्ग सचेत मजदुरहरूलाई छानियो र उनीहरूलाई यो योजनाको कार्यान्वयनका लागि ग्रमीण क्षेत्रहरूमा पठाइयो । सामूहिकिकरणको प्रक्रिया केही कमीकमजोरी र गल्तीका वावजुद सफलतातर्फ तिब्र गतिमा अगाडि बढयो । १९३४मा देशको कुल अनाज क्षेत्रको ९०प्रतिशतलाई समाजवादी कृषि अन्तरगत ल्याइ सकिएको थियो , त्यो भनेको राज्य फर्महरू अथवा सामूहिक फर्महरू थिए ।
कृषि सामूहिकिकरणको समग्र प्रक्रिया क्रान्तिभन्दा बढता केही थिएन् जसमा कुलकहरूको वर्चश्वलाई तोडनका लागि सर्वहाराले गरिब किसान र मध्यम किसानहरूका साथ मित्रता थियो ।
यो क्रान्तिले एउटै झड्कामा समाजवादी निर्माणका तीन वटा आधारभूत समस्याहरूको समाधान गर्यो :
१. यसले देशमा रहेका शोषकहरूको सबैभन्दा अनेक वर्ग कुलक वर्ग, जो पुँजीवादको पुनस्थापनाको प्रमुख निवास हो, त्यसलाई उन्मूलन गर्यो ।
२.यसले देशको सबैभन्दा अनेक परिश्रमी वर्ग, किसान वर्गलाई पुँजीवादको पुनस्थापना गर्ने व्यक्तिगत खेती प्रणालीको मार्गबाट सहकारी, सामूहिक समाजवादी खेती प्रणालीमा रूपान्तरण गर्यो ।
३. यसले सोवियत शासनलाई कृषिमा समाजवादी आधारसहित –सबैभन्दा विशाल र अति आवश्यक, तै पनि अझै एकदमै कम विकसित, राष्ट्रिय अर्थतन्त्रको हांगालाई मौलाउने काम गर्यो ।
सामूहिकीकरण आन्दोलनको विजयसितै, पहिले समाजवादको विजयको घोषणा गर्यो । १९३३ जनवरीमा स्तालिनले घोषणा गरे कि “राष्ट्रिय अथतन्त्रको सबै हाँगाहरूमा समाजवादको विजयले मानिसद्धारा मानिसको शोषणलाई निमूल पारेको छ ।” जनवरी १९३४को सत्रौ पार्टी कंग्रेसको रिपोर्टले घोषणा गर्यो कि “ सामाजिक र आर्थिक संरचनाको समाजवादी रूपले अहिले अविभाजित नियन्त्रण गर्दछ र यो नै समग्र राष्ट्रिय अर्थतन्त्रमा पुरै कमाण्डींग फोर्स हो ।” १९३६मा संविधान र पछिका राजनीतिक प्रतिवेदनहरू प्रस्तुत गर्दै गर्दा भन्न त त्यहाँ अब कुनै पनि शत्रुतापूर्ण वर्गहरूको उुपस्थिति छैन भनिएता पनि यसमा पछि पनि वारम्वार जोड दिइएको थियो ।
रसियन समाजवादी निर्माणको अनुभवका केही कमी कमजोरीहरू :
समाजवादी निर्माणमा रसियन अनुभव अन्तराष्ट्रिय सर्वहाराका लागि र खासगरी ती सबै देशहरू जहाँ सर्वहाराले सत्ता खोसेको थियो, का लागि केन्द्रीय महत्वको थियो । स्तालिनले उनको काम–सोभियत संघमा समाजवादका आर्थिक समस्याहरूमार्फत समाजवादका आर्थिक नियमहरू समाजवादी निर्माणका प्रक्रियाका सम्वन्धमा सैद्धान्तिकीकरण गर्ने कोशिस गरेका थिए । उनले यद्धपि रसियन अनुभवको एउटा आत्मआलोचित विश्लेषण वनाएका थिएनन् । पछि माओले रसियन अनुभवको एउटा विश्लेषण गरे र व्यवहारमा जादाका र साथै स्तालिनका मान्यताहरूमा रहेका केही त्रुटीहरू देखाएका थिए ।
माओले रसियन अनुभवमा देखिएका निम्न प्रमुख त्रुटीहरूलाई यसरी औल्याएका थिए :
१. उत्पादन सम्वन्धहरू र उत्पादित शक्तिहरूबीचका अन्तरविरोधहरूलाई अति महत्व नदिनु । यो लामो समयसम्म लगातार रहेका स्वामित्वका दुई प्रकारको सहअस्तित्व–एकातिर सबै जनताको स्वमित्व, जो राष्ट्रियकरण गरिएका उद्योगहरू र राज्य नियन्त्रित फर्महरूमा प्रतिनिधित्व गरेका थिए र अर्कोतिर सामूहिकताहरूद्धारा भएको स्वामित्वमा परावर्तित थियो । माओले अनुभूति गरे कि समग्र जनताद्धारा स्वामित्वको लगातार लामो सहअस्तित्वसित सामूहिकताहरूद्धारा भएको स्वामित्वले उत्पादित शक्तिहरूको विकासलाई कमभन्दा कम लागु गर्न सकिने हुनु वाध्यात्मक थियो । अत्यावश्यक सामूहिकताबाट सार्वजनिक स्वामित्वमा सक्रमण गराउने एउटा मार्ग पत्ता लगाउनु थियो ।
२. समाजवादी निर्माणका दौरानमा मास–लाइनलाई महत्व नदिनु । माओले देखाए कि सुरूका अवधिमा मास लाइनलाई लागु गरियो तर त्यसपछि, सोवियत पार्टी मासमाथि कम निर्भर हुँदै गयो । यहाँ यो चीजलाई जोड दिएको थियो कि प्रविधि र प्राविधिक कार्यकर्ताहरुलाई राजनीति र मासहरुभन्दा बढता महत्व दिइएको थियो ।
३. वर्ग संघर्षलाई इन्कार गर्नु । सामूहिकिकरणको प्रक्रियापछि पनि वर्ग संघर्षको निरन्तरतालाई महत्व दिइएन् ।
४. ठूला उद्योग एकातिर र साना (हल्का)उद्योग र कृषि अर्कातीर बीचको सम्वन्धमा असन्तुलन हुनु ।
५. किसानहरूको अविश्वास । माओले किसानहरूलाई आवश्यक महत्व नदिने रसियन नितिको आलोचना गरेका थिए ।
स्तालिन र रसियन अनुभवबाट यी पाठहरू खिच्नुको अलवा माओले चीनीयाँ अनुभवबाट पनि घेरै कुराहरु सिके । उनले यसरी चीनमा समाजवादी निर्माणको माक्र्सवादी सिद्धान्तको विकास गर्ने एउटा प्रयास गरेका थिए ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm
