
२३ असार काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को आयोजनामा यही असार २४ गते १ बजे सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरिने आजको घोषित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी प्राप्त भएकोछ ।

विरोध प्रदर्शन बबरमहलमा रहेको आयल निगमको गेट अगाडि आयोजना गरिएको थियो । विरोध प्रदर्शनमा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने लगायत दर्जनौ केन्द्रीय नेताहरुको उपस्थिति थियो ।
केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेव्दारा सञ्चालन गरिएको करीव एक घण्टा चलेको उक्त विरोध प्रदर्शनलाई महंगी तथा कोभिड–१९को महामारीलगायत राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालमा सरकार असफल बन्दै गएकोवारेमा अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा सम्वोधन गरिएको थियो भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध, कोभिड–१९को महामारीलगायत राष्ट्रियता, जनतन्त्र र जनजीवीका सम्वन्धी विभिन्न नाराहरु लगाइएका थिए ।































