
विश्वका विभिन्न दार्शनिकहरुले भौतिक जगतको अध्ययन, चिन्तन, मनन् गरि आ–आफ्नो सोच अनुसार छोडेर गएका अनेकौं दर्शनशास्त्र लगायत, विश्वमा विद्यमान भौतिक जगतलाई, विश्व सर्वहारावर्गका महान नेता तथा महामानव कार्ल माक्र्सद्वारा विज्ञानमा आधारित रहि अन्यन्तै सुक्ष्म ढङ्गले सोध खोज गरी निर्माण गरेको “द्वंद्धात्मक ऐतिहासिक भौतिकवाद” को पाठ “दुनियालाई बुझ्ने मात्र होइन, दुनियालाई बदल्नु हो” भन्ने गहनतम् शिक्षाको ज्योतिबाट ताधा रहेका ती शोषित पिडित आम जनसमूदाय, जो सामन्तवादीहरुको आफ्नो सुख चैनलाई खलवलाउन नपावस र नसकुन् भनि दुस्त्याइँपूर्ण नीति अपनाई घोकाएको पाठ “पुरपुरोमा लेखेको मात्र पाइन्छ, देखेको पाइन्दैन, दुनियामा जे कुरा पाउन पनि आफ्नो भाग्यमा हुनुपर्छ, ललातमा लेखेको हुनुपर्छ” भन्ने जस्ता दुरगामि प्रभावमा परि गुतमुतेर पशु सरह जिउन परिरहेका अचेतन जनसमूदायलाई चेतनाको ज्योति बाली, “दुनिया कसैको निगाहामा होइन आफ्नै पौरखमा निहित छ” भन्ने आशा जगाई जागरुक बनाउनु प्रत्यक क्रान्तिकारी कम्युनिष्टहरको दिनचर्या हुनुपर्छ ।
नेपालको वर्तमान स्थितिमा के देख्न सक्छौँ भने सिङ्गो नेपाली क्रान्तिले दोहोरो अभिभारा बोकेको छ । भनाइको मतलव के हो भने कसैको गद्दारीले गर्दा अधुरो रहिरहेको पूँजीवादी जनवादी क्रान्ति (नयाँ जनवादी क्रान्ति र सर्वहारा समाजवादी क्रान्तिका वर्तमान र भावि दुवै चरणहरु समावेश भएका छन् । यस प्रकारको अत्यन्तै महत्वपूर्ण क्रान्तिको दोहोरो अभिभाराको नेतृत्वको जिम्मेवारी सच्चा क्रान्तिकारी सर्वहारा वर्गको पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को काँधमा रहेको छ । जसको नेतृत्व विना क्रान्ति सफल हुन सक्दैन ।
आफू जन्मेको दिनदेखि नै नेपाल कम्युनिष्ट पार्टीले आफ्नो काँधमा यी दुई अभिभाराहरु बोकि आएको छ र यिनलाई पूरा गर्नको निम्ति वितेका सतरि वर्ष देखि अनवरत रुपले संघर्ष गर्दै आइरहेको छ । तर, आजसम्म पनि आफ्नो लक्ष र उद्देश्य नजदिकसम्म पनि पुग्न सकिरहेको छैन किन ? निश्चितै रुपमा आफ्नो लक्ष र उद्देश्य प्राप्त गर्न नसकि रहेको पक्का हो, तर यसको आफ्नो लक्ष र उद्देश्य नजदिकसम्म पनि पुग्न नसकेको भन्न मिल्दैन । किनभने विगतमा महान दश वर्षिय जनयुद्धकालमा, देशको ८० प्रतिशत भूभाग आफ्नो कब्जामा लिनुको सँगै देशका पुरानो सरकारलाई पुरै भनेजस्तो गरि पायरलाइज् बनाई सकेका थिए । यस्तो स्थितिसम्म आइपुगि सकेको नयाँ जनवादी क्रान्तिलाई, प्रमुख नेतृत्व प्रचण्डको गद्दारीले गर्दा हाललाई ती सबै उपलब्धिहरु अस्थाई रुपले गुम्न पुगेको मात्र हो ।
विगत सतरि वर्षको संघर्षको दौरानमा संघर्षलाई अगाडि बढ्न नदिने करामतका साथ सिङ्गो पार्टीलाई नै दक्षिणपन्थी संशोधनवादी, राजतन्त्रवादी र आधुनिक संशोधनवादीहरुले आफ्नो राजनैतिक खेल मैदानमा परीणत गर्ने हरसम्भव प्रयत्न नगरेका होइनन् । तर क्रान्तिकारी धाराका क्रान्तिकारीहरुको क्रान्तिप्रति दृढ आस्था र दृढ संकल्प र उच्च मनोबल सामू ती कम्युनिष्टको नाममा दुराचारीहरु मनमोहन अधिकारी, केशरजङ्ग रायमाझि र तुल्सिलाल अमात्य लगायत अन्य त्यस्ता कतिपय व्यक्तिहरु सुन्नेमा सुन्नेसरी विलाए । नेपाली कम्युनिष्ट आन्दोलनमा बेलावखत उठ्ने ज्वारभाता जस्तो कि २०१० सालको आसपासमा बारा, पर्सा, रौटहट र पश्चिमको डडेलढुरा क्षेत्रमा सामन्ति जमिन्दार र सुदरवोरका विरुद्ध किसान आन्दोलन चर्केका थिए । त्यस मध्ये भिमदत्त पन्तको सशस्त्र अनुरुपको आन्दोलन थियो ।
यसै गरी ०१७ साल पौष १ गते पूर्व राजा महेन्द्रले सैनिक कू गरी संसदिय काँग्रेसी सरकारलाई पदच्यूत गरी शासनसत्ता कब्जा गरेपछिका विभिन्न कालखण्डमा उर्लेको विद्यार्थी आदोलनहरु र ०२८ सालको झापा विद्रोह तथा ०४६ साल चैत्र महिनामा क्रान्तिकारी कम्युनिष्टिक आँधि, अझ विशेषतः ०५२ साल फाल्गुण १ गतेबाट उठेको दिर्घकालिन सशस्त्र जनयुद्धले त्यस्ता अवाञ्छनिय तत्व र तिनका अनुयाइहरु सवका सवलाई नतमस्तक मात्र होइन, उनिहरुको होस हवासै गुम पारी आफ्नै छाँया भित्र गुमसुम भई बस्न बाध्य नवनायको कहाँ हो र । नेपाली आम जनसमूदायमा बाम्पथी (कम्युनिष्ट) प्रभाव व्यापक रुपमा पर्नुको मूल कारक तत्व पनि उहि बेलाबखत उठ्ने कम्युनिष्ट आन्दोलनको ज्वारभाता नै त हो ।
ओलिको नेतृत्वमा गठित बाम्पन्थी सरकार भनिएको, खासमा भन्ने हो भने नेपालका व्यापक जनतामा छाइरहेको बाम्पन्थी कम्युनिष्ट प्रभावलाई, छत्तु स्यालले झैँ घुत्र्याईपूर्ण छल अपनाई, आम जनसमूदायलाई झुक्याई सत्तासिन हुन पुगेका हुन् । बबुरो बहुमतिय सरकार जो झापा विद्रोहको अत्यन्तै छोटो समयावधि भित्र सैद्धान्तिक विचलनमा परि विकसित राजनैतिक रुपको कुरुप व्यक्तित्वहरु मध्ये एक प्रतिविम्व ओलि नेतृत्वको कथित बाम्पन्थी (कम्युनिष्ट) सरकार आज ५÷६ महिनाको छोरो अवधिमा नै एजेण्डा विहिन बन्न पुगेका छन् ।
वर्तमान सरकार साम्राज्यवाद र विस्तारवादको तहल चाकरि र दलालि गर्दागर्दै, नेपालको राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीवीकाहरु सबका सब धितो राखि सत्तासिन हुन पुग्नुको नाताले जनतामा विभ्रम फिजाई दिगो सत्तासिन भइरहने उद्देश्यका साथ समाजवाद विकास गरी “समृद्ध नेपाल, सुखि नेपाली” को सपना बाँधि, देशमा गरिखाने तमाम जनताको धाडै भाँचिने गरी अचाक्लि करको भार बोकाईनुको सँगै दैनिक जीवन यापनको निम्ति नभई नहुने खाद्यान्न लगायत अन्य सबै सामानहरुको मूल्य बृद्धि गर्न कालावजारियाहरु सँग भित्र भित्रै हात मिलाई, कल्पनासम्म पनि गर्न नसकिने गरी मुल्य वृद्धि गरि गराई, आफु र आफ्नो नेतृत्वको सरकार विना हिचकिचाहत निरलज्ज ढङ्गले कमिशन र भ्रस्ताचरको आहालमा रुमलिन्दै, देश र जनता सामू हुतिहारा बनि आम जनता माझ आफु फाल्तु जोकर बन्न पुगेका छन् ।
खासमा भन्नु नै पर्दा संघियता विरोधि नेतृत्वको वर्तमान सरकारको मूल उद्देश्य भन्नु नै यो नाउँ मात्रको संघियता भित्र देश र जनविरोधि क्रियाकलाप अपनाई, आम जनतामा संघियता प्रति वितृष्णा सृजना गर्न, देश र जनताप्रति गैरजिम्मेवार हरकत मचाई आम जनतालाई विजोगमा पार्नु रहेको देख्नमा आएको छ ।
त्यस्तै अर्का जो जनयुद्ध कालमा एउटा नायकका रुपमा चिनिएका प्रचण्ड सैद्धान्तिक रुपले विचलन हुँदै माकेबाट एमालेमा बिलिन हुन पुगेका थिए । उनको अहिलेको ख्वाइस भनेको जनता सामू साधु बिरालो बनि फेरि पनि म्याउ गर्न सकिन्छ कि भनि, पानी माथिको ओवानो बन्ने प्रयास स्वरुप, २४ औं विश्व आदिवासी दिवस २०१८ को सन्दर्भमा आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपालद्वारा २०७५ श्रावन १७ गते आयोजित अन्तरक्रिया कार्यक्रममा, आफुले विगतमा गरेका आफ्नै कर्टुतबाट नेपालको कूल जनसंख्याको ९५ प्रतिशत गरिखाने नेपाली जनसमूदायबाट, आफु तिरस्किृत हुँदै जानुपरेको स्थितिबाट बच्न ती नौटङ्कीले, गुम हुँदै गइरहेको आफ्नो प्रतिस्थालाई जोगाउन सकिन्छ कि भन्दै कला विहिन चाटुर्यता प्रदर्शन गर्दै गोहिले आँसु चुहाउने जस्तै गरि भन्न आउन थालेका छन् – अन्तरराष्ट्रिय परिस्थिति अनुरुप विभिन्न समयमा विभिन्न विषयहरुमा सम्झौता गर्न पुग्नुको कारण आज यस्तो स्थिति आई प¥यो भनि दुखेश्व पोख्न आउनु र फेरि हालै मात्र पनि उहि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले विरगञ्जमा पुगेर आफ्नो धुर्ततापूर्ण विदुरता छाँत्दै एउटै गोलिले दुइता चरा मार्ने प्रविधि अगाडि सारदै भन्न पुगेका छन् – स्थानिय सरकार र प्रदेश सरकारका निर्वाचित प्रतिनिधिहरुलाई भुरेटाकुरे राजाको उपमा दिन पुग्नुको सँगै उद्योग वाणिज्य महासंघको उक्त कायृक्रममा स्थानिय तथा प्रदेश सरकार कै नाम लिएर जनजाती मदेशी आदिवासीलाई ठोके, यी सात प्रदेशले त गरि खान सकेनन् भने पहिचान सहितका अरु धेरै प्रदेशका के कुरा भनि ब्यङ्ग हान्न पुगे ।
नेपालको वर्तमान परिस्थितिमा हामीले नेपालको पूँजीवादी जनवादी क्रान्ति (नयाँ जनवादी क्रान्ति) पुरा गर्नु र वैज्ञानिक समाजवादमा फदको मार्न नेकपा (क्रान्तिकारी माओवादी) को काँधमा महान र गौरवशालि दोहोरो क्रान्तिकारी अभिभारा रहि आएको छ । तसर्थ हरेक पार्टी सदस्यहरुले यसलाई पुरा गर्ने प्रयत्न गर्नै पर्छ र यसलाई कुनै हालतमा पनि अब अधुरो छोड्नु हुँदैन । यसो भनेर फेरि अहिले नै दोहोरो अभिभारा अर्थात पूँजीवादी जनवादी क्रान्ति (नयाँ जनवादी क्रान्ति) र भावि समाजवादी क्रान्ति हामीले अहिले नै एकैसाथ पुरा गर्नुपर्छ भन्ने होइन । हरेक क्रान्तिकारी कम्युनिष्टहरुले अत्यन्तै महत्वकासाथ बुझ्नु पर्ने कुरो र जान्नै पर्ने कुरो के हो भने सम्पूर्ण रुपले हेर्दा, कम्युनिष्ट पार्टीको नेतृत्वमा चल्ने नेपालको क्रान्तिकारी आन्दोलनका दुई चरण हुन्छन्, जस्तै जनवादी क्रान्ति र समाजवादी क्रान्ति, जुन एकदमै बेग्लै क्रान्ति हुन्, र पहिलो प्रक्रियालाई पूरा गरेपछि मात्र दोश्रो प्रक्रियालाई पूरा गर्न सकिन्छ । जनवादी क्रान्ति समाजवादी क्रान्तिको आवश्यक तयारी हो । र समाजवादी क्रान्ति जनवादी क्रान्तिको अनिवार्य परिणाम हो । नेपाली क्रान्तिलाई सही नेतृत्व दिनको निम्ति जनवादी क्रान्ति र समाजवादी क्रान्तिको बीचमा भिन्नताहरु र अन्तरसम्बन्धहरु दुबै कुरा प्रष्टसँग बुझ्नु अति आवश्यक छ ।
नेपालको दुई महान क्रान्तिहरु जनवादी क्रान्ति र समाजवादी क्रान्ति जे जसरी हुन्छ पुरा गर्न जोडटोडका साथ तयारी अभियानमा सिङ्गो पार्टी जुतिरहेको वर्तमान स्थिति हो यो । यसकामको नेतृत्व गर्न सक्ने खुवि कम्युनिष्ट पार्टी बाहेक अरु कुनै पनि पूँजीवादी वा निम्नपूँजीवादी पार्टीहरुमा छैन । यो अभिभारा क्रान्तिकारी कम्युनिष्टको निम्ति अति गौरवशालि छ र कठिन पनि छ । क्रान्तिकारीहरुले अन्यन्तै महत्वका साथ हिरदयङगम गर्नु पर्ने कुरो के हो भने राष्ट्रव्यापि स्तरको, ब्यापक जनतामा भिजेको बिचारधारात्मक राजनैतिक र संगठनात्मक रुपले पूर्णतया सुदृढ क्रान्तिकारी पार्टी नभई यो अभिभारा पूरा गर्न सकिन्दैन । त्यस कारण यस्तो कम्युनिष्ट पार्टी निर्माण गर्न सक्रिय भूमिका खेल्नु प्रत्येक क्रान्तिकारी कम्युनिष्टहरुको कर्तव्य हो ।
क्रान्तिकारी कम्युनिष्टहरुले हरहमेसा हावामा सवार भए र छालहरुलाई चिरेर नदीको धार विपरित पौडिन आफ्नो सारा सामथ्र्य एकगठ गर्नुपर्छ । नेपालको वर्तमान अवस्थालाई यथावत कायम राखि इतिहासको गतिलाई रोक्न खोज्ने वर्गहरु भनेका सामन्त, दलाल तथा नोकरशाहि पूँजीपति वर्गहरु हुन् । यिनीहरु साम्राज्यवाद र भारतीय विस्तारवादको आड भरोसामा नेपालका शासक वर्ग बनेका छन् । यो वर्गलाई पराजित नगरेसम्म देश अगाडि बढ्न सक्तैन । किसान, मजदुर, श्रमिक, प्रगतिशिल बुद्धिजीवी तथा अन्य सबै उत्पीडित वर्गहरुको मुक्ति प्रतिक्रियावादी वर्गहरुको हितसँग टकराएको छ । आज हाम्रो सामू तड्कारो रुपमा रहेको तात्कालिक अन्तरविरोध भन्नु नै यहि हो । यस्को समाधान राष्ट्रिय जनतान्त्रिक क्रान्ति नै हो । यसको संश्लेषित रुपनै नयाँ जनवादी राज्यव्यवस्था हो ।

२०७५÷५÷५
ताहाचल, काठमाडौँ