१० असार रौतहट ।
रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ । उक्त पाँचौं नगरसभाका प्रमुख अतिथि नेकपा एमालेका नेता प्रभु साह थिए । साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको हो । साह नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका थिए ।
नगर सभामा बजेट पेश गर्ने र पक्ष विपक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।
प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहार गरेको छ । केहीबेर अघिसम्म चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको उनले बताए । भिड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको उनको भनाइ छ ।
प्रभु साह मौलापुरको मेयर रीनाकुमारी साहको श्रीमान् हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर