निरन्तर
अजिङ्गरको आक्रमणले
घाइते भइरहेको बेला
मेरो देशले
राष्ट्रिय स्वाधिनताको खातिर
आफ्नो धर्तिका
सुयोग्य सन्तानहरु सङ्ग
गुहार मागिरहेको बेला
के म निशब्द
चुप लागेर बसिरहन सक्छु ?
अह सक्तिन
बिल्कुल सक्तिन
कदापी सक्तिन ।

मेरो देशको निम्ति
बलिदान दिन तयार भएको मान्छे
राष्ट्रको हितका निम्ति
जनताको मुक्तिका निम्ति
एक पटक
फेरी टाउकोमा कफन बाधेर
राष्ट्रघाती
जनघाती
कुलङ्गारहरु सङ्ग
जीवन मरणको भिषण युद्ध गर्ने
धोको छ मलाई।
धर्तिपुत्र हुनुको नाताले
बिषालुनङ्रा
दिन पर्तिदिन
यस धर्तिका अङ्ग अङ्गमा
दुष्ट बाजले गाडिरहेको बेला
कान कुहेको बहिरो झै भएर
आखा फुटेको अन्धो जस्तै
म कसरी
ज्युदो लाससरी
गुमनाम भएर बस्न सक्छु र ?
सक्तैन
कदापी सक्तैन ।
धर्तिको जुनसुकै कुनामा भएनी
जुनसुकै गाम र ठाममा भएनी
मेरा आबाजहरु
राष्ट्रघातीका बिरुद्द
जनघातीका बिरुद्द
साईबर मिसाइल भएर पड्किने छन्
एट्टीवनका सेल बनेर
लेण्डुपदोर्जेका शीसमहल र
उनका मालिकका दरबारहरुमा
हज्जारौं रेक्टस्केलको
महा भुकम्प झै
विस्फोट हुनेछन् कुनैदिन ।
उठ
जाग

धर्तिपुत्रहरु हो
जाग
यो धर्तिका
सुयोग्य सन्ततिहरु हो
हातमा हात समाएर उठ
काधमा काध मिलाएर उठ
लडौ
सगरमाथाको शीर उचो बनाई राख्न
राष्ट्रको स्वाभिमान बचाई राख्न
लडौ
बर्गबैरी सङ्ग
अन्तिम युद्द लडौ
हाम्रो धर्तिमा गिद्दे आखा लगाएर
हमेसा देश लुछ्ने
देशी बिदेशी दुश्मनहरुका बिरुद्द
दृढ सङ्कल्पका साथ
दरिलो मोर्चा कसेर लडौ ।
लेण्डुप दोर्जेहरु
हाम्रो देशलाई सिक्किम बनाउन
नाङ्गै
फगत नाङ्गै
पुरातनलाई ब्युताउन
ओर्लि रहेछन् सडकमा
यो बेला
छोड्नु हुदैन कुनै हालतमा यिनलाई
उठौ
जागौ
लागौ
नत्र
बेला चुक्यो भने
न रहे बाँस न बजे बासुरी ।

प्रतिक्रिया

सम्बन्धित खवर