रोल्पामा पहिरोले घर पुरिएर तीनको मृत्यु, तीन घाइते

प्रकाशित मिति : २०७८ असार ९


९ असार रोल्पा ।
रोल्पा नगरपालिका ९ होमामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ६ जना सुतेका मध्ये २ जनाको अवस्था सामान्य रहेको, भने एक जनाको अवस्था गम्भीर रहेको छ घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीसहितको टोली घटनामा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।